Sunday, February 12, 2017

प्रहरी प्रमुख नियुक्ति प्रकरणः शेरबहादुरले मध्यरातमा झण्डै प्रचण्ड सरकार ढालिसकेका थिए !



 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तिम समयमा आएर प्रहरी महानिरीक्षकमा तेश्रो बरियताका डिआईजी जयबहादुर चन्दलाई बाध्यताबस प्रहरी प्रमुख नियुक्ति गरेको खुलासा भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रचण्डले चन्दलाई महानिरीक्षक नियुक्ति गरेको बालुवाटार उच्च स्रोतले बतायो । प्रधानमन्त्री प्रहरीको ‘चेन अफ कमाण्ड’ भत्काउने काम नगर्ने भन्दै अन्तिमसम्म पहिलो वरियताका डिआईजी नवराज सिलवाललाई महानिरीक्षक बनाउने मनस्थितिमा थिए ।

तर, देउवाले सरकार ढाल्ने चेतावनी दिएपछि प्रचण्ड अडानबाट पछि हटे । प्रचण्डले चन्दलाई महानिरीक्षक नबनाउन माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतले बालेपछि अपराह्नतिर मन्त्रिपरिषद बैठक बोलाउने सोचेका थिए । तर, अदालतबाट चन्दको विपक्षमा फैसला आउने आँकलन गरिसकेका देउवाले मानेनन् ।

देउवा शनिबार राति बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जसरी पनि आइतबार अदालत खुल्नु अगावै चन्दलाई महानिरीक्षक नियुक्त गर्न दबाब दिएका थिए ।

‘म अरु जान्दिन, भोलि कार्यालय समयभन्दा अगाडि नै मन्त्रिपरिषद बैठक बोलाएर जेबी (जयबहादुर) लाई प्रहरी प्रमुख बनाउनुस्’, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नत्र सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु, सरकार ढाल्छु ।’

देउवा कड्किएर हिंडेपछि प्रचण्डले हतारहतार मन्त्रिपरिषद बैठक डाकेर आइतबार सबेरै देउवाले चाहेअनुसारको निर्णय गराए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment