धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट हराएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा भेटिएको छ ।
रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएको थियो । भाउजु नाता पर्ने जोशीको घरबाट प्रहरीले रकम बरामद गरेको एसपी अर्जुन चन्दले जानकारी दिए । बाँकी रकमबारे अनुसन्धान भइरहेको उनले बताए ।
पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुगेका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment