Friday, January 27, 2017

राष्ट्रपति चढेको हेलिकोप्टर आकस्मिक अवतरण



काठमाडौं, माघ १४ – राष्ट्रपति विद्यादेवी भण्डारी चढ्नुभएको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ । शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण भएको हो ।


भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकोप्टर आकस्मिक अवतरण भएको र मौसम खुल्ने बित्तिकै धनगढी जाने राष्ट्रपतिसँगै रहनुभएका उहाँका स्वकीय सचिव भेषराज अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment