Friday, January 27, 2017

तीर्थालु बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, १७ घाइते



१४ माघ, नवलपरासी । तीर्थालु बोकेको जिप आज नवलपरासीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।


फाइल फोटो

कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेकोे लु १ ज १०८ नम्बरको जिप नवलपरासीको रामग्राम –६स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका अन्दाजी २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment