काठमाण्डु, १४ माघ – बालबालिकालाई प्रयोग गरेर भिख मगाउने समूह अहिले वीरगन्ज नगरक्षेत्रमा सक्रिय भएका छन् । हातमा सरकारी अस्पतालको पुर्जी लिई– ८ वर्ष देखि १४ वर्षसम्मका बालबालिका बाटोमा भिख माग्दै हिड्ने गरेको आउने जो कोहिले सजिलै हेर्न सकिन्छ ।
भारतको नरकटियागन्ज, मोतीहारी, बेतिया र समस्तीपुरलगायतका बालबालिका ल्याएर वीरगन्ज नगरमा भिख मगाउने समूह सक्रिय भएका छन् ।
भारतीय सिमावर्ती शहर रक्सौलस्थित रेल्वे स्टेसन नजिकै घरमा डेरा गरी बसेका मगन्ते “समूह” का सदस्यले नक्कली अस्पतालको पुर्जी र नक्कली डाक्टरको हस्ताक्षर गरी आफन्तको उपचार गराउनुपर्ने भन्दै स–साना बालबालिकासँग भिख मगाउने गरेका छन् ।
भिख माग्दै गरेका भारत बिहार घर भएकी अन्दाजी ११ वर्षीय हिना ९नाम परिर्वतन० ले भिख मागेर आफूले दैनिक रु चार सयदेखि पाँच सयसम्म उठाउनुपर्ने बाध्यता रहेको बताइन् ।
यो पेसामा आउनु भन्दा अगाडि हामीलाई केही हप्ता तालिम दिएको बताउँदै उनी भनिन् “यो पेशामा म जस्तै अन्य केटाकेटी पनि संलग्न छन् ।”
अहिले म वीरगन्जमा भिख माग्दै हिडेकी छु, भोलि कता पठाउँछन् मलाई थाहा हुँदैन, उनी भन्छिन् – ‘जुन दिन कम रकम उठ्छ, त्यो राति खाना कम र गाली खानुपर्ने हुन्छ ।
यसरी वीरगन्ज नगरक्षेत्रमा स–साना बालबालिकालाई प्रयोग गरेर मगन्तेको समूह सक्रिय भएको सम्बन्धमा पर्साका स्थानीय प्रहरी प्रशासनले बजारमा साना बालबलिका हातमा सेतो कागज लिई उपचारका लागि रकम उठाउने गरेको जानकारी आए पनि यस कार्यमा मगन्तेको समूह नै सक्रिय रहेका छन् भने जानकारी नआएको प्रतिक्रिया दिए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिने र यस कार्यमा मगन्ते समूह सक्रिय रहेको भेटिएमा त्यस्तालाई कारवाही गर्ने स्थानीय प्रशासनले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment