रुपन्देही माघ - भैरहवामा भन्सारमा कार्यारत प्रहरीमा महेश कुमालले भन्दा बुटबलमा अटो रिक्साचालक श्रीमती प्रहरीश्रीमानको तलवको दोव्बर उनले कमाउन थालेकी छिन् ।
श्रीमान महेश कुमाल भैरहवा भन्सार कार्यालयमा कार्यरत रहेका बताईन् । विहान उठ्नु दुई छोरीहरुलाई वोर्डिङ्ग स्कुल पठाउने तयारी गर्नु र उनिहरुलाई स्कुल पठाए पछि दिपनगरबाट अटोरिक्सा हाँक्दै विभिन्न चोकमा पर्खेर यात्रु भर्नु र साँझ ७ वजे पछि घर फर्किनु उनको दैनिकी बनेको छ वुटवलको दिपनगर अम्विका श्रेष्ठ को।
घर नारायणघाट र पुर्खेयौंली माईतीघर पाल्पा बताउने श्रेष्ठ सहित रुपेन्देहीको भैरहवा देखि वुटवलको शिद्धवावा सम्म दुई दर्जन भन्दा बढि महिलाले अटोरिक्सा चलाउने गरेका छन । श्रेष्ठ बाहेक अन्य थुप्रै महिला रिक्सा चालकहरु संग सञ्चारकर्मीका हैसियतले कुरा गर्न खोजियो तर धेरैले मानेन् ।
श्रेष्ठले भने आफ्नो उक्त पेशालाई स्वाभिमानका साथ लिदै सञ्चारकर्मी संग खुलेर बोल्न चाहिन् । मिडियामै देखिने रहर त थिएन तर मेरो समाचारले अरु महिलालाई उत्प्रेरण जगाउने तपाईको उद्देश्य हो भने सोध्नुस तपाईले म बताउँ छु उनले भनिन् ।
एसएलसी उतिर्ण गर्न नसकेर जागिर खाने रहर पुरा हुन नसकेर किराना पसल गरेकी श्रेष्ठले त्ससै पसलबाट भएको आम्दानीबाट थप आय श्रोतको बाटो खोज्न अटो रिक्सा किनेको बताईन् ।
दिनमा कति कमाउनु हुँन्छ भन्ने प्रश्नमा उनले भनिन दिनमा १४- १५ सयको हाराहारीमा कमाउँछु महिनामा त्यस्तै ४० देखि ५० हजार सम्म बचाउन सकेकी छु । त्यसो भए त श्रीमानको तलव भन्दा बढि नै कमाउनु हुँदो रहेछ त भन्ने अर्को प्रश्नमा उनले भनिन् उहाँको भन्दा त दोव्बर नै कमाउँछु ।
महिलाले यस्तो काम गर्नु हुन्छ उस्तो काम गर्नु हुँदैन भन्ने सोच गलत भएको भन्दै उनले रुपन्देहीको भैरहवा देखि वुटवलको शिद्धवावा सम्म अहिले २५ -२६ जना महिलाहरुले अटोरिक्साबाट त्यतिनै कमाउने बताईन् ।
साँझ ७-८ बजे देखि रिक्सामा चढ्ने कतिपय पुरुषहरु जिस्कीन खोज्ने भएकोले पुरुषले झै साँझ अवेर सम्म चलाउन महिलाहरुले असुक्षित महशुस गरेर साँझ बेलैमा घर–डेरामा जाने गरेको उनको भनाई थियो ।
कतिपय पुरुषहरुले अनौठो माने जस्तो गरेर हाँस्ने , जिस्काउने गरेको आफुलाई मन नपर्ने र त्यस्ता पुरुषहरु प्रति घृणा जाग्ने गरेको बताउँदै उनले हर क्षेत्रमा महिलाहरु सजग भएर काम गर्न अरु महिलालाई पनि सुझाव दिईन् ।
उनले उक्त अटोरिक्सा साढे दुई लाखमा किनेर अरु पुरुषहरुलाई भाडामा चलाउन दिएकी थिईन् । तर अरुले चलाई दिदा चाँडै बिगार्ने थोत्राउने देखेर भाडामा नदिई तिन महिना देखि आफै चलाउन थालेको र लगानी पनि उठाई सकेको बताईन् ।
त्यति नै रकम खर्चेर महिलाहरु बिदेशमा पुगेर विभिन्न प्रकारका जोखिम मोल्न भन्दा सदरमुकाम लगायतका शहर बजारमा त्यसरी नै रिक्सा चलाउन सके बिदेशको कमाई स्वदेशमै गरिने सन्देश सञ्चार माध्यमले प्रवाह गरी दिन उनले आग्राह गरिन् ।
कतिपय सदरमुकाम भित्र लोकल गाडी नचल्ने हुँदा अटो रिक्साले बजारा राम्रो पाउने भएकोल त्यसै गर्न उनले बिशेषतः महिलाहरुलाई सुझाव दिईन् । भैरहवा र वुटवलका बजारमा अटो रिक्सा चलाई रहेका दुई दर्जन बढि महिलाहरु मध्ये कतिपय घरेलुहिंसा र बैदेशिक रोजगार पिडित पनि भएको उनको बुझाई छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment