जात नमिलेर के भो र मन मिलेपछि !
उदयपुरको सदरमकाम गाईघाटसंगै जोडिएको साउने गाविसमा दलित गैरदलित बिच मागी बिवाह भएको छ । कतिपय ठाउँमा अझै पनि दलित–गैरदलितबीच छुवाछूतकै व्यवहार छ । तर उदयपुरको साउने गाविस– ३ भैंसेमा दलित युवाको एक स्थानीय मगर कन्यासँग बैदिक विधि पूर्वक धुमधाम विवाह भयो । परिवारको सल्लाहपछि २२ वर्षीय बद्री विश्वकर्मा र २१ की छम्कीकुमारी मगर लगन गाठोमा कस्सिएका हुन् ।
सामाजिक परम्परा र हिन्दु संस्कार अनुसार उनीहरूको विवाह गरिएको हो । ‘छोराको विवाह गर्ने योजना बनाइ रहेको थिएँ, बद्रीका बुबा अर्जुन बिश्वकर्माले भने, ‘केटी खोज्ने काम भइ रहेको थियो, तर भेटिएको थिएन । एक्कासि छिमेकी गाउँका एक मगरले छोरी दिने खबर पठाए ।’
मगरले छोरी दिने भनेपछि एकछिन दोधारमा परेको अर्जुन बिश्वकर्माले बताए । ‘कथित तल्लो जातको विश्वकर्माले उपल्लो जात भनिने मगरेकी छोरी कसरी माग्न जाने समस्या भयो,’ उनले भने, ‘दोधारमै परेको अवस्थामा सम्धीले छोरी दिने भएपछि मागेर छोराको विवाह गरि दिएँ ।’ बद्री जस्तो केटा पाए विवाह गर्ने छोरीको योजना सुनेपछि सम्धीलाई बोलाएर कुरा छिनेर विवाह गरि दिने टुंगो गरेको बेहुली छम्कीका बुबा कुमार मगरले बताए । केटाकेटी दुवै विवाहका लागि राजी भए । तर बेहुलीका बाबुले छोरीलाई सामान्य रूपले विवाह नगर्ने अडान लिएपछि जन्ती लिएर बद्री छम्कीको हात माग्न गएका हुन ।
‘विवाहका लागि छम्कीको बुबा (ससुरा) तयार हुनु भयो,’ दुलाहा बद्रीले भने, ‘तर सुटुक्कै नदिने भनेपछि पञ्चेबाजा बजाउँदै जन्ती लिएर लिन गएँ ।’ जात नमिले पनि मन मिलेपछि जातीय छुवाछूत नमानेर मगर ससुराले बैधिक विधि पूर्वक विवाह गरेर छोरी बिदाइ गरेको उनले बताए ।
समाजमा रहेको जातीय छुवाछूतलाई अन्त्य गर्न बद्री र छम्कीको विवाहले उदाहरणीय काम गरेको बद्रीका दाजु गडुरमान विश्वकर्माले बताए । ‘बद्री र छम्कीको विवाह भन्दा पनि छम्कीका बुबा कुमारले समाजका लागि बाटो देखाएकोमा प्रशंसनीय छ,’ उनले भने, ‘जातीय छुवाछूतले गाँजेको समाजमा कुमार जस्ता बुबाले गरेको कामको प्रशंसा गरेर मात्रैले पुग्दैन । एउटा दलित युवकले सयको संख्यामा जन्ती लिएर उपल्लो जाति मानिने मगर कन्या मागेर विवाह गर्नु भनेको पछिल्लो समय समाज परिर्वतन हुँदै गएको उदाहरण बन्न पुगेको उनले बताए ।
जातिय विभेद भनेको विगतको राज्य सञ्चालकले निम्त्यिाएको समस्या भएको दलित अगुवा दिलिप रसाईलीले बताए । उनले भने, गणतान्त्रिक मुलुकमा सबै नागरिक समान भएकाले कसैले पनि जातिय विभेद गर्न नमाउने संविधानमा ब्यवस्था गरि सकेकाले यसलाई सबै मिलेर हटाउनु पर्नेमा जोड दिर्दै यस्ता अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्नु पर्नेमा उनको जोड थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment