Thursday, January 26, 2017

काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न आए एसएसपी जोशी



काठमाडौं, १३ माघ । काठमाडौंको प्रहरी प्रमुखमा छविलाल जोशीलाई ल्याईएको छ । दुई महिना अघि काठमाडौंको कमाण्ड सम्हालेका विक्रमसिंह थापाले अवकाश पाएपछि जोशीलाई काठमाडौं प्रहरी परिसरमा ल्याईएको हो ।
गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच काठमाडौंमा कसलाई ल्याउने भन्ने विषयमा विवाद भएको थियो । गृहमन्त्री निधिकै एकल प्रयासमा जोशीलाई काठमाडौं प्रहरी प्रमुख बनाईएको हो ।
यसअघि एसएसपी जोशी अञ्चल प्रहरी कार्यालय धौलागिरीमा कार्यरत थिए । काठमाडौंको असुरक्षा, कालोबजारी, गुण्डागर्दी लगायतका अपराध नियन्त्रण गर्ने ठूलो चुनौति एसएसपी जोशीको काँधमा आएको छ । काठमाडौंको महानगरीय प्रहरी प्रमुख हुनु भनेको चुनौति र अवसर दुवै हिसाबले महत्वपूर्ण मानिन्छ । अन्य हिसाबले पनि काठमाडौं जोशीका लागि महत्वपूर्ण अवसरको रुपमा मानिन्छ ।



गृहमन्त्री विमलेन्द्र निधीको जोडबलमा काठमाडौंको प्रहरी प्रमुख बन्न सफल भएका एसएसपी जोशी संविधानसभाको चुनावका बेला धनुषामा प्रहरी प्रमुख थिए ।

जोशी धनुषाको एसपी हुँदा विमलेन्द्र निधीसँग उनको सम्बन्ध यति गाढा भयो कि, गृहमन्त्रीले जोशीलाई काठमाडौंको प्रहरी प्रमुख नबनाई छाड्दिन भनेर दुई महिनासम्म अडान लिए । छविलाल जोशी काठमाडौंको प्रहरी प्रमुख र दिनेश अमात्य अपराध महाशाखाको प्रमुख बन्नु संयोगमात्रै हुन सक्छ । तर, यी दुबै अधिकृतहरु कुनै बेला धनुषामा प्रहरीको कमाण्ड गरेका व्यक्ति हुन् ।

गृहमन्त्री निधी धनुषाका बासिन्दामात्रै होइनन्, धनुषामा प्रहरी प्रमुख भएर जानेहरुले विगतदेखि नै उनीसँग निकट सम्बन्ध स्थापित गर्ने परम्परा नै बसिसकेको छ । अपराध महाशाखाबाट बढुवाको लाइनमा हेडक्वार्टरमा बसेका सर्वेन्द्र खनाल पनि धनुषाको कमाण्ड गरिसकेका प्रहरी अधिकृत हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment