Tuesday, January 24, 2017

‘विप्लव’का छोरा प्रकाश फरार, ३० लाखका कारण सांघातिक आक्रमण

काठमाडौं, १२ माघ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द अध्ययनरत चितवन मेडिकल कलेजमा अखिल क्रान्तिकारीले आक्रमण गरेको छ ।

मंगलबार ‘विप्लव’ माओवादी निकट अखिल (क्रान्तिकारी) चितवन मेडिकलको गाडीमाथि तोडफोड समेत गरेको हो । क्रान्तिकारीका कार्यकर्ताले बा १० च ७५६४ नम्बरको ल्याण्ड क्रुजर गाडीमाथि कलेज परिसरमै आक्रमण गरेर क्षति पुगाइदिएको कलेज प्रशासनको भनाइ छ ।

चिकित्सा क्षेत्रको शैक्षिक सुधारको नाममा अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भौतिक आक्रमण गरेको कार्यको निजी मेडिकल सञ्चालकहरूले घोर विरोध गरेका छन् । उनीहरूले दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

चितवन मेडिकल कलेजले विप्लवको छोरा प्रकाशसँग शुल्क ३० लाख मागेपछि भौतिक आक्रमणमा गरेको उच्च स्रोतले जनाएको छ ।

यसअघि प्रकाश चन्दले १० लाख मात्रै दिएर पूरै एमबीबीएस अध्ययन गराउन चितवन मेडिकल कलेजलाई दबाब दिएका थिए । तर, उनको दबाबलाई मेडिकल कलेजले मानेको थिए ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिले विज्ञप्ति जारी गरेर कलेजमाथि भएको भौतिक आक्रमण गरेको विज्ञप्तिमार्फत जिम्मेवारी लिएको छ ।

किन भयो त आक्रमण ?

गरिव जनताका छोराछोरीलाई ठूला–ठूला सपना बाँड्दै नयाँ जनवादी क्रान्तिको नारा लिएर राजनीति गर्दै आएका नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै छन् । विगत दुई वर्षदेखि गोप्य रुपमा अध्ययन गर्दै आएका प्रकाश चन्दको ४० लाख शूल्क आन्तरिक रुपमा मिलाउने प्रयास भएको थियो ।

तर चितवन मेडिकल कलेज व्यवस्थापनले निःशुल्क पढाउन नसकिने भन्दै आएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ र उनका छोरा प्रकाश चन्देले कलेजलाई शुरुमा १० लाख मात्रै बुझाएका थिए । कलेजले बाँकी ३० लाख माग गर्न थालेपछि भौतिक आक्रमणमा उत्रिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार एमबीबीएसमा पूरै रुपमा निःशुल्क पढाउन नसकिने चेतावनी चितवन मेडिकल कलेजको व्यवस्थापनले दिएपछि प्रकाश चन्दले आफ्ना बाबु नेत्रविक्रम चन्द ‘विप्लव’को शक्तिको दुरुपयोग गरेर अखिल क्रान्तिकारीलाई उचालेर कलेजमाथि भौतिक आक्रमण गराइएको आरोप लागेको छ ।

‘बाबु’ पावर नटेरेको झोँक देखाए प्रकाशले

नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले चितवन मेडिकल कलेजभित्रको सबै ठेक्कापट्टा, खरिदविक्रीलगायतका काम आफूहरूलाई दिनुपर्ने दबाब दिँदै आएका थिए । प्रकाशको दबाबलाई चितवन मेडिकल कलेज प्रशासनले टेरपुच्छर नलगाएपछि प्रकाश चन्द तनावमा दिए । उनले आफूलाई नटेरेको झोँकमा कलेजमाथि मंगलबार आक्रमण गराएका हुन् ।


के भन्छन् चितवन प्रहरी प्रमुख दीपक थापा ?

चितवन मेडिकल कलेजले अज्ञात समूहद्वारा आक्रमण भएको भन्दै उजुरी आएको छ । तर, हामीले आक्रमणकारीको पहिचान गरिसकेका छौँ । प्रकाश चन्दसहितका पहिचान भएका व्यक्तिहरूको खोजतलास भइरहेको छ । ज्यानमार्ने उद्योगमा कारबाही अगाडि बढाएका छौँ । मुद्दा दर्ता भइसकेको छ । प्रकाश चन्द र उनको साथीहरू बस्ने कोठामा पुगेर खोजेका छौँ । सम्भावित स्थानहरूमा छापा मारेका छौँ । कोही पनि व्यक्ति फेला परेका छैनन् । फेला पर्नेवित्तिकै पक्राउ गरेर ज्यानमार्ने उद्योगमा कारबाही हुन्छ । हामीलाई  भित्री कुरा सबै थाहा छ । अनुसन्धान चलिरहेकाले भन्न मिल्दैन । आरोपी दोषीहरू पक्राउ पर्नेवित्तिकै सबै कुरा बाहिर ल्याउँछौँ ।

आक्रमणपछि प्रकाश चन्द फरार

आफैले एमबीबीएस अध्ययन गरिरहेको चितवन मेडिकल कलेजमाथि भौतिक आक्रमण गराएर ठूलो नोक्सानी पुगाएपछि ‘विप्लव’का छोरा प्रकाश चन्द फरार भएका छन् । प्रहरी उच्च स्रोतका अनुसार प्रकाशलाई र भौतिक आक्रमणमा संलग्न अखिल क्रान्तिकारीका कार्यकर्तालाई प्रहरीले धपधपी खोजीरहेको छ । प्रहरीले कानून विपरित कार्य गरेको भन्दै उनीहरूलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment