Tuesday, January 24, 2017

विदेशी अनुसन्धानकर्ता भन्छन्, 'नेपालको अदुवा र अलैंची निकै स्वादिलो'



बनियानी (झापा) : अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन्।

पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा किसानसँग छलफल गरेर झापा फर्किएको टोलीले मङ्गलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा त्यस्तो प्रतिक्रिया दिएका हुन्। स्विट्जरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैँची निकै स्वादिलो र सुगन्धित रहेको बताए।


नेपाली अलैँचीको प्रशंसा गर्दै उनले भने, 'प्याकेजिङ र गुणस्तरमा ध्यान दिए नेपाली कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सहजै प्रवेश पाउन सक्छ।'

टोलीमा नेपाल, स्विट्जरल्यान्ड, बोलिभिया, लाओस र युगान्डाका अलैँची र अदुवामा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ताको सहभागिता रहेको छ। अनुसन्धानको अगुवाइ गरिरहेको नेपाल सेन्टर फर कन्टेम्पोरेरी रिसर्च (एनसिसिआर) का कार्यक्रम संयोजक विष्णुराज उप्रेतीले यसप्रकारको अनुसन्धानले नेपालको कृषिजन्य उत्पादन अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन टेवा पुग्ने बताए।

नेपाल अलैँची व्यवसायी महासङ्घले संयोजन गरेको ‘नगदे बाली उत्पादन, प्रवद्र्धन र निर्यात’ सम्बन्धी कार्यशालामा सहभागी भएका उनीहरुले नेपालमा उत्पादित नगदे बालीको विविध पक्षबारे जानकारी लिनुका साथै आफ्ना सिकाइ आदान–प्रदान गरेका थिए।रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment