Thursday, January 26, 2017

‘रईस’ र ‘काबिल’को पहिलो दिन, कसले गर्यो बढी व्यापार ?

एजेन्सी । बलिउडका दुई ठूला अभिनेता शाहरुख खानको फिल्म ‘रईस’ र ऋतिक रोशनको ‘काबिल’ २५ जनवरीदेखि एकसाथ प्रदर्शनमा आएको छ । भारतको गणतन्त्र दिवसको अवसर पारेर विदाको दिन नपर्खिइकनै यी दुई फिल्म रिलिजमा आए । दुई ठूला अभिनeताको फिल्मी प्रतिस्पर्धामा फिल्म समिक्षक तथा दर्शकले कुन फिल्मले कति व्यापार गर्छ भनेर जान्न उत्सुक हुन स्वाभाकिकै हो । त्यसो त शाहरुख र ऋतिक दुवैको पछिल्लो फिल्महरु फ्लप भए । त्यस कारण पनि नयाँ फिल्मबाट दुवैलाई निकै आशा छ । पहिलो दिनको कमाईलाई मान्ने हो भने, काबिल’भन्दा रईस’को कमाई निकै बढी छ । ऋतिकको ‘काबिल’ले पहिलो दिन १२ करोड भारुको कारोबार गरेको छ भने शाहरुखको ‘रईस’ले २० करोड भारु कमाएको छ । ‘काबिल’को तुलनामा ‘रईस’लाई धेरै हलहरुमा लगाइएको छ । भारतमा मात्रै ‘रईस’ २६ सय हलहरुमा लगाइएको छ भने, ‘काबिल’ २३ सय हलहरुमा मात्र लगाइएको छ ।
शाहरुखले बुधबार ट्विट गदै भने, ‘ऋतिक चाहान्थे, यी दुई फिल्म एकसाथ रिलिज नभए राम्रो हुन्थ्यो, ऋतिक तिमीलाई यमी गौतम, पिता तथा संजय गुप्ताको साथले ‘काबिल’ सफल हुनेछ । ’ त्यसपछि ऋतिकले पनि ट्विट गरे, ‘मलाई विश्वास छ ‘रईस’ले पुन मलाई शाहरुखलाई एक गुरुको रुपमा प्रेरित गर्नेछ र एक छात्राको नाताले ‘काबिल’बाट तपाईलाई मप्रति गर्भ लाग्नेछ ।’ ‘रइस’मा शाहरुखले दमदार अभिनय गरेको फिल्मी पण्डितहरुले लेखेका छन्। खासगरि चलचित्रमा डायलग डेलिभरी निकै उच्चस्तरको रहेको चलचित्र हेरेकाहरुको राय छ। चलचित्रमा शाहरुख खान सहित पाकिस्तानी नायीका महिरा खान छिन्। चलचित्रमा शाहरुख खानकै स्तरमा नवाउजुद्धिन सिद्धिकीको अभिनय छ। चलचित्रमा सन १९८० दशकको एक गुजरातीको डनमा आधारित छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment