Saturday, January 28, 2017

कतारमा एक नेपालीको मृत्यु

रुकुम, १५ माघ । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । रूकुम जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ ।



 दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । बुढाको शव नेपाल ल्याइदिनका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment