Sunday, January 29, 2017

अभिनेत्री रेखा थापाको मृत्युको हल्लाले सिनेबजारमा सनसनी

अभिनेत्री रेखा थापाको मृत्युको हल्ला, रेखा यसो भन्छिन्

काठमाडौं, १६ माघ । पछिल्लो समय अभिनेत्री रेखा थापाको मृत्यु भएको हल्ला दोहोरिन थालेको छ । केही समय अघि रेखाको मृत्यु भएको हल्ला चलेको थियो । यस्तै आइतबार पनि रेखाको मृत्यु भएको खबर केही अनलाइनले लेखेपछि उनका फ्यानहरु दुखित् भएका थिए ।

आफ्नो मृत्युको हल्लाले आफ्ना फ्यान तथा आफन्तहरुमा चोट पुग्ने गरेको रेखा बताउँछिन् । मृत्यु जस्तो संवेदनशील विषयमा पनि हल्लामा समाचार दिँदा आफू दुखित् भएको अभिनेत्री रेखा थापाले EVERYDAY KHABAR  लाई बताइँन् ।



‘मृत्यु जस्तो संवेदनशिल कुरालाई पनि जथाभावी समाचार बनाइदिएर हल्ला गरिदिँदा आफ्नो परिवार र फ्यानहरुमा नराम्रो असर परेको छ’, रेखाले थपिन्, ‘यस्ता भ्रमित समाचारहरु प्रति विश्वास नगरिदिनु होला ।’

आइतबार बिहानबाट चलचित्र ‘हिरो रिर्टनस’को सुटिङमा व्यस्त रहेकी रेखाले आइतबार बिहानबाटै मृत्युको समाचार प्रकाशित भएपछि परिवार र फ्यानहरुबाट फोन तथा मेसेजहरु आइरहेको जानकारी दिइन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment