Saturday, January 28, 2017

भारतले दशगजा मिचेर सडक निर्माण थाल्यो, पछि हटे नेपाली सुरक्षाकर्मी

महोत्तरी, १५ माघ - भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार सुरु गरेको छ।

मटिहानी मधवापुर छोटी भन्सार कार्यालयनजिकै दशगजा क्षेत्रमा बुधबार साँझ भारतीय पक्षले सडक ढलानका लागि पिसिसी गरेको छ। गत महिना मात्र सोही स्थानमा भारतीयले सडक विस्तार गर्न लाग्दा स्थानीय नेपालीले विरोध गरेका थिए।

स्थानीयको विरोधपछि दुवै देशका सुरक्षा निकाय बसेर सो स्थानमा सडक विस्तार नगर्ने प्रतिवद्धता जनाएका थिए। तर, बुधबार साँझ सयौं भारतीय जम्मा भई सडक ढलान गरेका थिए। सोही स्थानमा पहिले पनि भारतीयले सडक निर्माण प्रयास गरेपछि झडपको अवस्था आएको थियो। भारतीय सुरक्षा निकायले तत्काललाई सडक विस्तारको कार्य रोकेपछि नेपाली फर्किएका थिए।



यसपटक भारतमा गणतन्त्र दिवस मनाउन लागेको बहानामा सडक विस्तार गरिएको हो।

पछि हटे नेपाली सुरक्षाकर्मी
महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दशगजा मिचेर सडक बनाएको खबर पाउनासाथ सुरक्षा निकायलाई सीमामा पठाइएको बताए। तर, वस्था तनावग्रस्त देखिएपछि तत्काल नेपाली सुरक्षाकर्म पछि हटेको उनको भनाई छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment