१६ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाका अनुसार कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुनेछ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुनेछ । कक्षा ११को परीक्षा जेठ तीन गतेसम्म सञ्चालन हुनेछ भने १२ कक्षाको वैशाख २२ गते सकिने छ ।
सँगै परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीहरुलाई समयमै परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।
२०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने छ । उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् ।
हेर्नुहोस् परीक्षा तालिका

Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment