Sunday, January 29, 2017

बाबालार्इ सबैकाे अगाडी मारे , अामाले छाडेर गइन अब हामिलार्इ कस्ले हेर्ने

जाजरकोटमा आमाले दोस्रो बिहे गर्दा चार बालबालिको बिचल्ली भएको छ । ढिमे–२ मालुबेलामा बाबुको हत्या भएको र आमाले दोस्रो बिहे गर्दा साना बालबच्चाको बिचल्ली भएको हो । डोल्पा, फुलचिङ–खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

अज्ञात व्यक्तिले ६ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ–७ चाउलेचौरमा बिहे गरेर गएपछि चार वर्षीय अनिल, ६ वर्षीया रेखा, ८ वर्षीया चन्द्रा र १० वर्षीया पार्वती बिचल्लीमा परेका हुन् ।


द्वन्द्वकालमा माओवादी पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू–९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए ।बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताए ।

जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो बिहे गर्न बाध्य भएको मल्लले बताए । ‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन्’–उनले भने–‘चारै भाइ/बहिनीलाई डोल्पामा घर छ, छैन भन्ने पनि थाहा छैन ।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो ।’ गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् ।

गरिबीका कारण नाबालक नाति–नातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् । ‘मागेर कसरी लालनपालन गर्ने ?’ उनले भनिन्–‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ । गोठालो गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।टिभि अन्नपुर्णकाे सहयाेगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment