Sunday, January 29, 2017

जन्ती बस दुर्घटनमा बेहुलीसहित ४५ को मृत्यु भएपछि…


मदागास्कर । जन्ती लिएर हिँडेको एक गाडी (लरी) दुर्घटना हुँदा यसमा यात्रारत बेहुलीसहित कम्तीमा ४५ जनाको मदागास्करको उत्तरपूर्वी सहर अन्जाजोरोवमा मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।

अन्जाजोरोव मदागास्करको राजधानी अन्तानानारियोबाट ९० किलोमिटर उत्तरपूर्वमा अवस्थित सहर हो । मृत्यु हुनेमा नौ जना बालबालिका, २७ महिला र नौ जना पुरुष रहेको र २४ जना घाइते भएको अन्जाजोरोवका नगरप्रमुख लोभा एन्ड्रिया मानान्टसोवाले जानकारी दिए ।

करिब ७० जना जन्ती लिएर हिँडिरहेका गाडी एक्कासी सडकबाट नदीमा खस्दा अधिकांश नदीमा डुबेको बताइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment