१४ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का पानीसमेत परेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ ।
पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ ।
दिपायल, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ लगायत जिल्लाहरुमा शुक्रबार बिहानैदेखि पानी परिरहेको स्थानीयले जानकारी दिएका छन् ।
पश्चिम र मध्य नेपालको तुलनामा पूर्वी नेपालमा भने मौसममा कम बदली भएको छ । तर, पूर्वी भेगमा पनि बिस्तारै मौसम बदली हुँदै जाने, पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान गरिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

मौसमविद कँडेलले अनलाइनखबरसँग भनिन्- आज दिनभरि घाम लाग्दैन । सामान्य वर्षा हुन्छ र भोलिबाट मौसममा क्रमिक सुधार हुन्छ ।’
कँडेलका अनुसार शुक्रबार र शनिबार चिसो बढ्नेछ । तर, यो जाडो धेरै दिनसम्म रहने छैन ।
यस वर्ष जनवरी १६ मा सबैभन्दा धेरै जाडो महसुस गरिएको थियो । सो दिन काठमाडौं उपत्यकाको तापक्रम शून्य दशमलव चार डिग्री सेल्सियस पुगेको थियो । ‘अहिलेको मौसम बदलीले आज र भोलि चिसो त बढ्छ तर, जनवरी १६ को भन्दा नघट्ने अनुमान गरेका छौं,’ मौसमविद कँडेलले भनिन्, ‘यस वर्षको जाडो सकियो भने पनि हुन्छ, अब बिस्तारै तापक्रम बढ्ने क्रम सुरु हुन्छ ।’
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment