सिन्धुली, १५ माघ । सिन्धुलीमा आज पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ब्रेक फेल हुँदा भद्रकाली गाविस–४ धनमाना हिले खोलामा बोलेरो दुर्घटना भएको हो ।
अमले गाविसबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको बा १२ च ३६४६ नंको बोलेरो दुर्घटना हुँदा भद्रकाली–५ बस्ने ४५ वर्षीय सूर्यमान गोले, ४५ वर्षीया फुलमायाँ बम्जन, वडा नं ६ बस्ने १४ वर्षीय अमृत बम्जन, १३ वर्षीया सम्झना कुमारी बम्जन, सर्लाही परवानीपुर कालिन्जोर बस्ने ३२ वर्षीय दावा लामा र अमले एकलटार–१ बस्ने २४ वर्षीय अर्जुन बम्जन, ६० वर्षीय टेकमान बम्जन, ३६ वर्षीया निमा लामा, वडा नं २ बस्ने ३६ वर्षीय मानबहादुर पाख्रिन घाइते भएका छन् ।
यसैगरी, दुर्घटनामा महादेवस्थान–२ बस्ने ४१ वर्षीय शुक्रबहादुर थिङ, भद्रकाली–४ निवासी १६ वर्षीय मोहनराज पाख्रिन, ंंभद्रकाली–७ बस्ने २५ वर्षीया शान्तिमाया बम्जन र ४५ वर्षीय मणिकुमार पाख्रिन घाइते भएको जिप्रका, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभासचन्द्र बोहोराले जानकारी दिए ।
घाइतेमध्ये भद्रकाली–६ निवासी १३ वर्षीया सम्झना कुमारी बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलिखेलतर्फ पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेको कम्मर, छाती, निधार, टाउको, पिठ्यूँ, ढाड, हातखुट्टामा चोट लागेकाले अहिले जिल्ला अस्पताल, सिन्धुलीमा उपचार भइरहेको जिप्रका सिन्धुलीले जनाएको छ ।
आज सिन्धुलीमा शनिबारे हाट लाग्ने र उनीहरु गाउँको कृषि उत्पादन बिक्री गर्न र दैनिक जीवनमा आवश्यक पर्ने खाद्य वस्तु खरिद गर्न सिन्धुली आएका थिए । कच्ची सडक र क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सिन्धुलीको जलकन्या, भद्रकाली, अमले, बस्तीपुर, मझुवा, तीनकन्यालगायतका दर्जनौँ ग्रामीण क्षेत्रका गाविसका जनता जोखिमपूर्ण यात्रा गरेर सिन्धुलीमाडी आउन बाध्य रहेका छन् । त्यस क्षेत्रमा प्रहरीको निगरानी नहुने भएकाले अवैधानिक तवरले पिकअप बोलेरो सञ्चालकहरुले बोलेरो सञ्चालन गर्दै आएका छन् ।
प्रहरीले त्यस्ता बोलेरोले यात्रु लिएर यात्रा गरेको खण्डमा रु एक हजारदेखि एक हजार ५०० सम्म जरिवाना लिएर छाड्ने हुँदा बोलेरो सञ्चालकले नियम मिचेर बोलेरो सञ्चालन गर्दा पनि सम्बन्धित निकायको अझै ध्यान जान सकेको छैन ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment