सामुदायीक केन्द्रका लागि माटो हस्तान्तरण
भिक्टोरिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यसहित रकम संकलन अभियानलाई तिव्रता दिइएको छ । केन्द्रमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने छ र त्यहाँ विश्व शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मिएको भनेर उल्लेख गरिने छ ।
गत २४ जुनमा मेलवर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा केन्द्र निर्माणका लागि रकम संकलन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गरे । उनले यो महत्वपूर्ण परियोजनाले पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्ने बचन दिए ।
सदस्यता वितरणका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि एकैदिनमा १ लाख डलरभन्दा बढी रकम संकलन भएको केन्द्रका अध्यक्ष रन्जन वैद्यले जानकारी दिए ।
सामुदायिक केन्द्रका लागि लुम्बिनी-कपिलवस्तु विश्व अभियानका तर्फबाट गौतम बुद्धसँग सम्बन्धित कुनै महत्वपूर्ण कुरा उपलब्ध गराउन सामुदायिक केन्द्रका अध्यक्ष वैद्यले आग्रह गरेका थिए । सोही अनुरुप लुम्बिनीका भिक्षु टुण्डुकले वुद्ध जन्मस्थल लुम्बिनीको पवित्र माटो हस्तान्तरण गरेका थिए । अभियानका विश्व सल्लाहकार प्रा. डा. कबिताराम श्रेष्ठ, गोर्खापत्रका पूर्वसम्पादक एवम् लुम्बिनी विश्वविद्यालयका पहिलो रजिष्ट्रार केदार शाक्य, अभियानका नेपाल च्याप्टर कोषाध्यक्ष धर्मबहादुर शाक्य, अभियानका नेपाल च्याप्टर सचिव निलेश अधिकारी लगायतको टोली लुम्बिनी गएकाबेला भिक्षु टुण्डुकले माटो हस्तान्तरण गरेका हुन् ।
वुद्ध जन्मस्थल नेपालको लुम्बिनीको उक्त पवित्र माटो मेलवर्नमा निर्माण गरिने सामुदायिक केन्द्रमा बिशेष शोकेसमा बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको जानकारीसहित सजाएर राख्ने ब्यवस्था गरिने अध्यक्ष वैद्यले जानकारी दिए ।
Monday, March 13, 2017
Sunday, March 12, 2017
यौन क्षमता बढाउन चाहनुहुन्छ? यी कुराले गर्छ सहयोग…
आफ्नो जीवनसाथीसँगको मिलनमा बाधा पुर्याउने विशेषतः दुईवटा कुरा हुन्छन्:- यौन चाहना नहुनु र यौन क्षमता कमजोर हुनु। तपाईँ कुन श्रेणीमा पर्नुहुन्छ? के तपाईँको पनि इच्छा नहुँदानहुँदै शिथिल हुनुपुर्ने बाध्यता छ?
नेपालमा भेटिने ५ किसिमका जोडी
यदि त्यस्तो हुन्छ भने धन्ना नमान्नुहोस्। तपाईँहरूको यौन तृष्णालाई उजागर गरेर लामो समयसम्म बिस्तारामा बिताउन मद्दत गर्नको लागि आज हामी तपाईँहरूलाई विज्ञानले नै प्रमाणित गरेको केहि उपायहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।
सायद तपाईँलाई यो कुरा थाहा नहुन सक्छ कि तपाईँले दैनिक जे खानेकुराहरू खानुहुन्छ नि, त्यसले तपाईँको शारीरिक र मानसिक स्वास्थ्यलाई त प्रभाव पार्छ पार्छ, त्यसको साथै तपाईँको यौन स्वास्थ्यमा पनि उत्तिकै असर गरिरहेको हुन्छ।
त्यसैले यदि तपाईँ आफ्नो जीवनसाथीलाई भरपूर आनन्द दिन नसकेको महशुस गरिराख्नुभएको छ भने बुझ्नुहोस् कि गल्ती तपाईँबाटै भैरहेको छ। त्यसलाई सुधार्नको लागि सुरुमा आफ्नो खानेबानीलाई सुधार्नुहोस्।
तपाईँको यौन चाहना र यौन क्षमता बढाउने शक्तिवर्द्धक खानेकुराहरू:-
१. खर्बुजा/तर्बुजा
खर्बुजा वा तर्बुजा, यस्तो फाइदाजनक फल हो, जुन ‘एल-सिट्रुलाइन’ (L-citrulline) को प्राकृतिक स्रोत हो। सिट्रुलाइन एक प्रकारको अमिनो एसिड हो जसले पुरुष र महिला दुवैमा यौन उत्तेजना पैदा गराउँदछ, त्यो पनि सामान्यभन्दा बढि नै। शरीर भित्र प्रवेश गरिसकेपछि नाइट्रिक अक्साइड पैदा गराउने यो सिट्रुलाइनलाई एण्टिअक्सिडेण्ट पनि भन्न सकिन्छ, जसले पुरुषको लिङ्गमा रक्तसञ्चार प्रक्रियालाई बढाउँदछ र लिङ्गलाई कडा बनाउँदछ।
त्यसैले यदि तपाईँलाई संभोग गर्न मन छ तर सक्दिनँ जस्तो लागेको छ भने खर्बुजा एउटा राम्रो उपाय हुन्छ, जसले तपाईँको चाहनालाई केहि मात्रामा भएपनि बढाउन मद्दत गर्दछ।
२. अदुवा
अदुवाको बयान गरिराख्नुपर्छ जस्तो लाग्दैन। रुघाखोकी होस् या टाउको दुखाई होस् या माइग्रेन नै किन नहोस्, अदुवाले सञ्जीवनी बुटिको काम गर्छ।
तर यसको अर्को एउटा गोप्य फाइदा पनि छ, सायद त्यसले तपाईँलाई मद्दत गर्न सक्छ। इण्टरनेशनल जर्नल अफ कार्डियोलोजीको एक खोजबाट, दिनमा- धेरै होइन केवल १/२ चम्चा अदुवाको धुलो अथवा एउटा सानो चोइटाले पनि यौन चाहना र क्षमतालाई बढाउने प्रमाणित भएको छ। यसको जादुको मूख्य कारण भनेको अदुवाले रक्तधमनीमा भएको बाधा र कसिलोपनालाई खुकुलो बनाई पुरै शरीरभरि नै रक्तसञ्चारमा टेवा पुर्याउँदछ।
३. अनार
यो रसिलो अनि कसिलो रातो फलको बारेमा अमेरिकाको एक ‘बाँझोपना रिसर्च एसोसियसन’ले अनुसन्धान गरेको थियो। यस अनुसन्धानमा एउटै कुराको मात्रै खोज भएको थियो, त्यो हो ‘अनारले बाँझोपनालाई मद्दत गर्छ कि गर्दैन?’
जब खोजको नतिजा निस्कियो, तब मात्र थाहा भयो कि यसले बाँझोपनालाई मात्रै होइन, ‘लिङ्ग उत्तेजित नहुने’ रोगलाई समेत रोकथाम गर्न सक्दो रहेछ। कसरी त? यसमा भएको विशेष प्रकारको एण्टिअक्सिडेण्टले यौनाङ्गमा रक्तसञ्चार गराउनुको साथै पुरुषमा ‘टेस्टोस्टेरोन’ हर्मोन र महिलामा ‘एस्ट्रोजन’ हर्मोनलाई समेत मजबुत बनाउँदछ। मतलब पुरुष र महिला दुवैमा यौन चाहना र क्षमताको वृद्धि गराउँदछ। यो राम्रो कुरा होइन त?
४. सामन माछा
आफ्नो प्यारो मान्छेसँग डिनर डेटमा जाँदै हुनुहुन्छ र डेटपश्चात भरपूर मायाले खुसी बनाउन चाहनुहुन्छ भने ‘सामन माछा’ (Salmon Fish) अर्डर गर्नुहोस्। किन? सामन माछा भनेको ‘ओमेगा-३ फ्याटी एसिड’को राम्रो स्रोत हो। यसले शरीरमा नाइट्रिक अक्साइडको उत्पादन गराई लामो समयसम्म उत्तेजित गराउन टेवा पुर्याउँदछ।
५. सागपात
पहिले-पहिले टिभीमा ‘पपआई’ (Popeye) नामक कार्टून आउँथ्यो। हेर्नेहरूलाई थाहा छ कि, त्यस पपआई पात्रले कुने पनि भिलेनसँग लडाईँ गर्नुभन्दा अगाडि सागपात (Spinach) खान्छ, अनि एकैछिनमा सुसंगठित शरीर बनाई सबै भिलेनहरूलाई धुलोपिठो हुने गरी कुट्छ।
त्यतिबेला त खासै मतलब लाग्थेन, तर अहिले आएर थाहा भयो कि साँच्ची नै हरीयो सागपातले शरीरमा ऊर्जा प्रदान गर्नुको साथै यौन क्षमतामा पनि उत्तिकै वृद्धि गराउँदछ।
यसको ‘लिङ्ग-उत्तेजक’ शक्तिको एउटै स्रोत हो- यसमा भएको ‘आर्जिनाइन’ (Arginine)। जब यो अमिनो एसिड हाम्रो शरीरमा प्रवेश गर्छ, तब यो नाइट्रिक अक्साइडमा परिवर्तन हुन्छ। अनि नाइट्रिक अक्साइडले के गर्छ भनेर त अब तपाईँलाई थाहा भैसक्यो होला।
अनि आफ्नो नियमित भोजनमा हरीयो सागपात मिसाउनैपर्ने अर्को कारण सुन्नुहुन्छ? नाइट्रिक अक्साइडले मांशपेसीको वृद्धि-विकासको साथै शरीरमा लागेको घाउचोटलाई पनि चाँडै निको बनाउँदछ।
६. लसुन-प्याँज
हिन्दु धर्मका प्राचिन ब्राह्मण जातिहरूले लसुन-प्याँज खानुहुँदैन भन्ने विश्वास गर्थे। त्यसको एउटै कारण के हो थाहा छ?
कारण यो हो कि, लसुन प्याँजले मानिसमा यौन उत्तेजना बढाउँदछ। अनि ब्राह्मण जाति भनेको भगवानसँग नजिकको सम्बन्ध भएको जाति मानिन्छ। अनि विभिन्न शास्त्रीय ज्ञानबाट भगवानलाई प्राप्त गर्ने मार्ग भनेको सन्यासी मार्ग हो, जहाँ कुनै इच्छाआकांक्षा हुनुहुँदैन। त्यसैले नै ब्राह्मणहरूलाई लसुन-प्याँज वर्जित थियो।
त्यसैगरी, प्राचिन इजिप्सियन मानिसहरूले आफ्नो शारीरिक बल बढाउनको लागि लसुन खाने गर्थे भनेर इतिहासमा लेखिएको छ। जब यसको बारेमा अनुसन्धानकर्ताहरूले घोर अनुसन्धान गरे, तब उनीहरूले थाहा पाए कि लसुनको पात अथवा पोटीको सेवनले रक्तनली/रक्तनशाका भित्तामा ‘नानोप्लेक’ (Nanoplaque) नामक खराब बोसोलाई जम्न दिँदैन। हो, रक्तनशा भनेपछि यौनाङ्गमा पुग्ने नशा पनि पर्छ।
त्यसैले आफ्नो मुटुलाई स्वस्थ अनि लिङ्गलाई उत्तेजित बनाइराख्न चाहनुहुन्छ भने खानामा लसुन-प्याँज पनि मिसाउने गर्नुहोस्।
भारतले फेरी सुरु गर्यो नाकाबन्दी, खाद्यान्न सामग्रीको हाहाकार , आलटाल गर्दै सरकार
भारतले फेरि खाना पकाउने ग्यास दिन रोक्यो ! अभाव शुरु
काठमाडौं, २९ फागुन । कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ । नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१ हजार मेट्रिक टनको हाराहारीमा आयात भएको छ ।
मागअनुसार भारतबाट ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता बजारमा अहिले ग्यासको अभाव बेहोर्न बाध्य भएका छन् । खाली हुनेबित्तिकै सिलिन्डर साट्दै आएका उपभोक्ताले अहिले भरिएको सिलिन्डर लिन तीनदेखि पाँच दिनसम्म कुर्नुपर्ने भएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भारतको बरौनीस्थित ग्यास रिफाइनरी केन्द्र इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मेन्टिनेन्स गर्ने नाममा १० दिनदेखि पूर्ण रूपमा बन्द गरेको छ । उक्त केन्द्र बन्द हुँदा त्यहाँबाट आउने ग्यास बुलेट आउन बन्द भएको छ । कुल ग्यासको मागमध्ये करिब ३५ प्रतिशत बरौनी रिफाइनरीबाट र बाँकी हल्दिया, पारादिप, मथुरा र कर्णालस्थित रिफाइनरीबाट आपूर्ति हुन्छ । सामान्य समयमा बरौनीबाट मासिक १४ हजार मेट्रिक टन ग्यास आपूर्ति हुन्थ्यो ।
‘मेन्टिनेन्स भनेर बरौनी रिफाइनरी डिपोले १० दिनदेखि पूर्ण रूपमा ग्यासको लोड दिन बन्द गरेको छ’, नेपाल एलपी ग्यास उद्योग संघका उपाध्यक्ष गोकुल भण्डारीले भने, ‘यही बीचमा तराई मधेसको बन्द र हडतालका कारण लोड भएका बुलेट पनि विभिन्न स्थानमा रोकिएका छन् । बरौनीबाट पूर्ण रूपमा आउन बन्द र लोड भएका बुलेट पनि विभिन्न स्थानमा अलपत्र परेका कारण खाना पकाउने ग्यास उत्पादनमा निकै कमी आएको छ । यसले गर्दा बजारमा ग्यासको अभाव सुरु भएको हो ।’
नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशकसमेत रहेका भण्डारीका अनुसार तराई मधेसमा सुरु भएको आन्दोलनका कारण उपभोक्ताले सामान्य दिनभन्दा झन्डै दोब्बर संख्यामा सिलिन्डर सञ्चय गर्न थालेपछि बजारमा ग्यास अभाव भएको हो । संघका अर्का उपाध्यक्ष कुशप्रसाद मल्लीका अनुसार सामान्य समयमा मासिक नौ हजार मेट्रिक टन ग्यास लोड दिने हल्दिया रिफाइनरीले पछिल्लो एक महिनादेखि ५० प्रतिशतको हाराहारीमा मात्रै लोड दिन थालेको छ ।
उक्त स्थानबाट मासिक नौ हजार मेट्रिक टन कोटा छुट्ट्याए पनि हाल करिब चार हजार मेट्रिक टन ग्यासको लोड मात्रै दिँदै आएको छ । ‘पूर्ण क्षमतामा रिफाइनरी सञ्चालन गर्न प्राविधिक समस्या आएको भन्दै हल्दिया रिफाइनरीले एक महिनादेखि कुल मागको आधी परिमाणमा मात्रै लोड दिँदै आएको छ’, उपाध्यक्ष मल्लीले भने, ‘बरौनी पूर्ण रूपमा बन्द र हल्दियाबाट आधी मात्रै ग्यास आउँदा बजारमा खाना पकाउने ग्यासको अभाव भएको हो ।’
बन्द बरौनी र हल्दियाबाट आउने कोटाअनुसारको अपुग ग्यास पारादिप, मथुरा र कर्णाल रिफाइनरीबाट उपलब्ध गराइदिन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराएको सात दिनभन्दा बढी समय बितिसक्दा पनि निगमले आईओसीसँग आवश्यक पहल नगरिदिएको आरोप उनले लगाए । ‘बरौनी र हल्दिया रिफाइनरीबाट प्राप्त हुन नसकेको अपुग कोटा अन्य स्थानबाट प्राप्त भए बजारमा ग्यास अभाव हुँदैनथ्यो’, राजधानी ग्यास उद्योग संघका सञ्चालकसमेत रहेका मल्लीले अन्नपूर्णसँग भने, ‘यही बेला मागअनुसार नियमित आपूर्ति हुन सकेन । अर्कोतर्फ आम उपभोक्ताले बढी संख्यामा सञ्चय पनि गर्न थालेकाले बजारमा चाहेकै समयमा सिलिन्डर पाउन समस्या आएको हो ।’
संघिय गठनबन्धनद्धारा कपिलवस्तुमा भोलि यातायात बन्दको आव्हान
संघिय गठनबन्धनद्धारा कपिलवस्तुमा भोलि यातायात बन्दको आव्हान
कपिलवस्तु – नेकपा एमालेले मधेशी आदीबासी,जनजाती,थारु दलित,मुस्लिम लगायत नेपालमा सञ्चालित विभिन्न आन्दोलनको भावना विपरित मेची महाकाली अभियान सञ्चालन गरेको विरोधमा भोलि सोमबार कपिलबस्तुमा संघिय गठबन्धनले बन्दको आब्हान गरेको छ ।
गत फागुन २३ गते सप्तरीमा आयोजित सभामा ७ जना हत्या तथा दर्जनौँ घाइते पारिएको घटना सेलाउन नपाउँदै उक्त कार्यको निरन्तरतामा एमाले अध्यक्ष केपी ओली कपिलवस्तु आउन लागेको भन्दै संघिय गठनबन्धनले विरोध जनाएको बिरोध स्वपरुप बन्द आब्हान गरेको विज्ञप्तिमा जनाएको छ ।
संघिय गठबन्धन कपिलवस्तुका संयोजक शैलेन्द्र कुमार यादवद्धारा हस्ताक्षरित विज्ञप्ती प्रकाशित गर्दै भोलि सोमबार जिल्लामा सम्पुर्ण यातायात बन्दको आव्हान गरिएको बताइएको छ ।
मधेशको भावना बिपरित एमालेले मेची महाकाली यात्रा थालेको भन्दै अभियान स्थगित गर्न आव्हान समेत गरेको छ । साथै गठबन्धनले सप्तरी घटनाले मधेश शोकाकुल भएको भन्दै भोलि तराईमा परेको होली पर्वमा रातो रंग प्रयोग नगर्न पनि अपिल गरेको छ ।
दैलेखदेखि नेपालगञ्जका लागि छुटेको बस दुर्घटना हुदा एकको मृत्यू
दैलेखदेखि नेपालगञ्जका लागि छुटेको बस दुर्घटना हुदा एकको मृत्यू
दैलेख –दैलेख देखि नेपालगंजका लागि छुटेको ४ ख ४८६७ नम्वरको वस भेरिगंगा नगरपालिका ११ छिन्चु नजिकै झीङेनारामा दुर्घटना भएको छ ।
दुर्घटना हुँदा २८ वर्षिय मन बहादुर बुढाको मृत्यू हुनुका साथै १२ जना घाईते भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना करिब साढे ५ बजे भएको बताएका छन् ।
गोरखाका भूकम्पपीडित भन्छन्, ‘पहिले बस्ने गोठ, त्यसपछि मात्र भोट’
सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि गोरखाका दुई नगरपालिका र नौ गाउँपालिकाका स्थानीयबासीमा उत्सुकतासहित चुनावी तयारीले छोपेको छ। पार्टीमा क्रियाशील कार्यकर्तादेखि स्वतन्त्र भनिएका र गाउँमा प्रभाव राख्न सक्ने बिद्यालयका प्रध्यानाध्यापकहरु पनि भित्रभित्र चुनावको तयारीमा जुटेका छन्।
गाउँमा जान्नेसुन्ने भनिएका शिक्षकहरु निवृत्तिभरणमा बसेर या जागिर छाडेर गाउँपालिका प्रमुख, उपप्रमुखमा उम्मेदवारी दिने तयारीमा छन्।
निर्वाचन आयोग तयार रहेपछि सरकारले निर्वाचनको मिति घोषणा त ग¥यो । तर, चुनावी रन्को भन्दा पनि गोरखाबासीलाई पुनःनिर्माणको चिन्ताले सताएको छ। जग्गा हुनेहरुले घर बनाइरहेका छन्। भूकम्पले घडेरी चिरा परेका, ढलेका, पहिरो लडेका जग्गा हुनेहरु भने चिन्तामा छन् । विस्थापितहरु एकै स्वरमा भनिरहेका छन् – पहिले बास बस्ने गोठ अनि मात्रै भोट।'
विसं २०७२ वैशाख १२ मा बारपाक केन्द्र रहेर गएको ‘गोरखा भूकम्प’ ले जिल्लाका ७० हजारभन्दा बढी भौतिक संरचना (घर, गोठ, सामुदायिक, सरकारी, आमा समूहलगायतका भवन) मा क्षति पु¥याएको थियो। यस्तै भूकम्पमा ४७२ जनाले ज्यान गुमाएका थिए। अठार जना विभिन्न ठाउँमा बेपत्ता रहे पनि उनीहरुको लाश खोज्नतिर भन्दा जिल्ला दैवीप्रकोप उद्धार समितिले मृतकको सूचीमा नाम समावेश गरिदियो। आफन्तलाई रु. ४० हजारका दरले किरिया खर्च उपलब्ध गरायो। आफन्तको सट्टा भर्ना कहाँ पैसाले लिन सक्थ्यो र? पीडा उस्तै छ।
भूकम्पपछि घाइतेको उद्धार, राहत बितरण गर्न भन्दै सयौं संस्थाहरु जिल्ला भित्रिएका थिए। अधिकांश संस्थाहरु राहतको पोका बाँडेर बाटो लागे भने औँलामा गन्न सक्ने संस्थाहरु मात्रै सरकारलाई साथ दिँदै पुनःनिर्माणको चरणसम्म टिकिरहेका छन्। सरकारले टहरो छाउन भन्दै भूकम्पपीडितलाई रु. १५ हजारका दरले रकम उपलब्ध गराएका बेला सङ्घसंस्थाले रु. ५० करोड भूकम्पपीडितलाई बाँडे। यसले गर्दा सरकारको पैसा बचेको थियो। जिल्लामा अझै कुन गाउँ सरकारी र कुन गाउँ एनजिओ भन्ने चर्चा चल्छ। एनजिओको सहयोगमा पुनर्लाभ र पुनःनिर्माणका योजना सञ्चालन भइरहेका गाउँलाई एनजिओ गाउँको उपमा दिइएको हो।
भूकम्पले ढुङ्गा, माटो र काठको जोडाइले बनेका जिल्लाभरका करिब ७० हजार ओटा घरलाई बस्न नमिल्ने गरी क्षति पु¥याएको भए पनि इन्जिनियरहरु गाउँ पुगेर लिएका तथ्याङ्कलाई आधार मान्दा पहिलो चरणमा ५८ हजार ५०३ भूकम्पपीडित अनुदान पाउने लाभग्राहीको सूचीमा परेको देखिन्छ। इन्जिनियरले विभेदपूर्ण तवरले तथ्याङ्क सङ्कलन गरेकोलगायत कारण देखाउँदै जिल्ला दैवीप्रकोप उद्धार समितिमा १६ हजारभन्दा बढी निवेदन परेका थिए। तीमध्ये पहिलो चरणमा एघार हजार गुनासाहरु फछ्र्यौट गरिएका छन्। फ्याट्टै अनुदान दिने र पुनः तथ्याङ्क सङ्कलन, अनुगमन, अवलोकन गरी लाभग्राहीको सूचीमा राख्न सकिने गरी गुनासो फछ्र्यौट भएका हुन्। अहिलेसम्मको तथ्याङ्क हेर्दा ५८ हजारमध्ये ५४ हजार जनाले रु. ५० हजारका दरले अनुदान रकम बुझिसकेका छन् । उनीहरुको बैंक खातामा पैसा गइसकेको छ। लाप्राकीलाई घर बनाउने प्रयोजनका लागि सरकारले अनुदान रकम दिनु परेन।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गुप्सीपाखामा एकीकृत लाप्राक नमूना बस्ती निर्माणको काम धमाधम अधि बढाएको छ। अहिलेसम्म करिब एकसय घरको जगको गारो लगाउने काम भएको छ भने घडेरीहरु सम्याउने काम, ईंट्टा बनाउने काम भइरहेका छन्।
पुनःनिर्माणलाई अभियानकै रुपमा अघि बढाउन सकिएको छैन। भूकम्पको केन्द्रमा राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट शिलान्यास गरिएको गोपाल बिकको घर नै मापदण्ड विपरीत बनेपछि पुनःनिर्माणको अवस्था कहाँनेर चुकेको छ भन्ने प्रष्ट तस्बिर देखापर्छ। घर बनाएका गाउँलेहरु इन्जिनियरले घर हेर्न आएनन् भन्छन्। इन्जिनियरहरु घर हेर्न गएका छौं, मापदण्ड अनुसार बनाउँदैनन्, दोस्रो किस्ता कसरी सिफारिस गर्न सकिन्छ भन्दै अड्डी कस्छन्।
दोस्रो किस्ता बाँड्न दुई अर्ब रुपैंयाँ बजेट आएको छ, बितरणको अवस्था नाजुक छ। अहिलेसम्म १५० जना लाभग्राहीले दोस्रो किस्ता लगेका छन्। तीन हजार जतिले दोस्रो किस्ता दाबी गरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ।
पुनःनिर्माणको तथ्याङ्क केलाउँदा विभिन्न सङ्घसंस्थाले अर्धपक्की भवन बनाउँदै हस्तान्तरण गरेका छन्। करिब एक करोड खर्च गरेर सङ्घसंस्थाले बनाएका विद्यालय, स्वास्थ्यचौकी तथा गाविस भवनहरु पाँच÷सात वर्ष टिक्ने खालका छैनन्। प्रिफ्याब प्रयोगले बनाइएका भवन धेरै वर्ष टिक्ने पनि होइनन्। पक्की भबन नबनुञ्जेलका लागि अर्धपक्की भबन निर्माणको जिम्मा सरकारले गैससलाई दिएअनुसार लाखौंंको लगानीमा भवन बनिरहेका छन्। अब अर्धपक्की होइन पक्की संचरना निर्माणमा ढिलाइ भइसकेको छ। भूकम्प गएको २२ महिना हुँदा पनि दिगो पुनःनिर्माणमा जुट्न नसक्नु दुःखदायी पक्ष हो।
चार सय ५० विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा पुनःनिर्माण भएको अर्धपक्की संरचनालाई हिसाब गर्दा पनि मुस्किलले ५० विद्यालय पुनःनिर्माण भएको छ। यीमध्ये सरकारी तवरबाट एउटै विद्यालय पुनःनिर्माण भएको छैन। आठ ओटा स्वास्थ्यचौकी पुनःनिर्माण भएका छन्। गाविस भवन पुनःनिर्माण हुन सकेको छैन। गोरखा दरबारलगायत पुरातात्विक महत्वका संरचनाको पुनःनिर्माणमा सङ्घसंस्थाको सहयोग अपेक्षा पनि गरिएको छैन, सरकारी तवरबाटै बजेट आए पनि पुनःनिर्माणले गति लिएको छैन। पैसा वितरण गर्दा पनि घर बन्दैन भन्ने उदाहरण उत्तरी भेगका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास गाउँका पीडितको बैंक खातामा अनुदान रकम पठाए पनि उनीहरुले रकम झिकेका छैनन्। मापदण्डअनुसार घर पनि बनाएनन्। खबरदारी कसले गर्ने?
भूकम्प गएलगत्तै केही संस्था राहत बाँड्न आए केही भने चिरा परेका जमिनमा पुनः बस्ती बसाल्न मिल्छ या मिल्दैन अध्ययन गर्न आएका थिए। भूगर्भविद्, इन्जिनियरलगायत टोलीले अध्ययन गर्दै बस्ती स्थानान्तरण गर्नुपर्ने बतायो। जिल्ला दैवी प्रकोपमा त्यसबेलाका प्रतिवेदन हेर्दा गोरखाका २३ वस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने उल्लेख छ। तर अहिलेसम्म लाप्राकीलाई गुप्सीपाखाको (१८.३१ हेक्टर वनको जग्गामा) सार्नेबाहेक अन्य वस्ती कहाँ स्थानान्तरण गर्ने टुंङ्गो लागेको छैन। सबैभन्दा बिजोग केरौंजा गाउँका जनताको छ। गाउँमाथि र तल ठूला पहिरो छन् । गएको बर्खामा पहिरोले ३० भन्दा बढी टहरा बगाइदियो। बर्खामा मात्र कहाँ हो र ? यहाँ हिउँदमा पनि सुख्खा पहिरो खसिरहन्छन्। गाउँलेहरु कहाँ घर बनाउने भन्ने चिन्तामा छन्। अनुदान लिइसकेका केरौंजाका ४०० घरधुरीका जनताले सुरक्षित जग्गा नपाउँदा घर निर्माण गर्न पाएका छैनन्। पहिरोको डरले घर, गृहस्थीलाई निरन्तरता दिन सकेका छैनन्।
साविक केरौंजा गाविस वडा नं १, २, ३ र ४ का जनतालाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएपनि प्रक्रिया अघि नबढेको केरौंजा ४ का काजी गुरुङले गुनासो गरे। गाउँबाट विस्थापित भएका गुरुङले भने, ‘चार सय ६५ घरधुरी सुरक्षित ठाउँ खोजेर अन्यत्र सार्नुपर्ने छ। पहिरोको डर छ। पानी परेपछि गोठ सारेझैं घर सार्दै हिड्नुपर्छ।’ केरौंजाको माटो परीक्षण गरी कहाँ बस्ती राख्दा दिगो हुन्छ भन्नेबारे अध्ययन गरिदिन सरकारी सहयोग स्थानीय बासिन्दाले खोजेका छन्। आफू बस्ने घर कहाँ बनाउने भन्ने टुङ्गो नलाइकन चुनावमा होमिन नसकिने गुरुङले बताए।
केरौंजा मात्र होइन, बारपाक, लापु, उहिया, घ्याच्चोक, सिम्जुङ, बगुवा, गुम्दा, सिर्दिवास गाउँका भूकम्प पीडितलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने छ। साविक बारपाक गाविस ५ को दलित वस्तीका भूकम्पपीडित आफ्नो गाउँबाट विस्थापित भएर वडा नं ४ को सार्वजनिक जग्गामा बसेका छन्। उक्त दलित वस्तीमा भूकम्प स्मृति उद्यान बन्ने प्रक्रिया अघि बढे पनि त्यहाँ घडेरी भएका जनतालाई कहाँ स्थानान्तरण गर्ने भन्ने एकीन भएको छैन। बिस्थापित भई सार्वजनिक जग्गामा टहरो बनाएर बसेका सुकबहादुर बिक भन्छन, ‘३२ घरधुरीका बिस्थापित जनता कहिलेसम्म टहरोमा बस्ने हो ? हावाहुरीले त्रिपाल उडायो, जस्तापाता किन्ने पैसा छैन।’ पचास हजारका दरले अनुदान दिएपनि जग्गा अभावले घर बनाउने काम थाल्न नपाएको बिकको भनाइ छ। बारपाककै कोजे, स्नान गाउँ पनि जोखिमयुक्त छ।
बारपाककी कुमारी सुनारले विस्थापितलाई स्थापित गर्न सरकारी तवरबाटै सहयोग हुनुपर्ने बताइन्। उनी भन्छिन– ‘संस्थाका मान्छेहरु आउँछन्, पीडा, समस्याहरु सुन्छन्। अर्को पटक आउँदा समाधान गर्छु भन्छन् तर फर्केर पनि आउँदैनन्। सिडियो हामी चिन्दैनौं। सरकारकहाँ हाम्रो कुरा कसरी पु¥याउने ?’ सरकारले सुरक्षित जग्गाको खोजिदिए झुप्रो बनाएर बस्ने कुमारीको धोको छ। गाउँतिर चुनावको तयारी कस्तो छ ? भन्ने प्रश्नमा कुमारीले भनिन – ‘जो उम्मेदवार भए पनि हामीलाई केही मतलब छैन। जसले घर बनाउने जग्गा खोजिदिन्छ उसैलाई भोट दिन्छौं। गाउँलेहरु यसै भनिरहेका छन्।’ केरौंजाकी कविता घलेले विस्थापित गाउँलेहरु अर्काको बारीमा बस्दै आएको र बारी धनीले मकै रोप्ने बेला भएको भन्दै टहरो हटाउन भनेपछि पीडा थपिएको गुनासो गरिन् । उनले भनिन्– ‘मकै रोप्ने बेला भयो। बारी खाली गर भनेका छन्। यहाँबाट उठेर हामी कहाँ जाने ? बालबच्चा कहाँ लैजाने?’
भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले निजी आवास पुनःनिर्माण र विस्थापित भएका जनतालाई स्थापित गर्नुपर्ने काम रफ्तारमा अघि नबढेको बताए। श्रेष्ठले भने – ‘भूकम्पको केन्द्र बारपाकमै एकीकृत बस्ती विकासको काममा आलटाल भएको छ। केरौंजा, काशीगाउँ, उहिया, माछाखोलालगायत क्षेत्रमा एकीकृत बस्ती बिकास गर्ने कुरा भएपनि बजेटको ब्यबस्था अहिलेसम्म हुन सकेन। केरौंजाका ३००, सिर्दिवासका १५, घ्याच्चोकका १५ घरधुरी बर्खाअघि नै सुरक्षित ठाउँमा सार्नुपर्ने श्रेष्ठको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक जितेन्द्र बस्नेतले जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सार्नेबारेमा राजनीतिक दलले खेल्दै आएको भूमिकाबारे प्रश्न गर्दै भने– ‘जोखिमका बस्ती कहाँ स्थानान्तरण गर्न सकिन्छ भन्नेबारे कुनै दलका नेताले सोधखोज गरेका छैनन्। सरकारले स्थानीय स्तरमा अधिकार पनि नदिने काम पनि गरेन भन्ने? समस्या समाधान गर्न जिल्ला समन्वय समिति गठन भएको छ। सांसद, सिडियो, एलडियो सदस्य छन्ं । तर, त्यो समितिले राय, सुझावमात्रै दिन सक्छ यो काम गर, त्यो नगर भनेर निर्णय गर्न सक्दैन। हातखुट्टा बाँधेर पुनःनिर्माण छिटो गर भनेर मात्रै हुन्छ ? अधिकार दिनुपर्दैन?’
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य हरिराम पराजुलीले निजी आवास पुनःनिर्माण र गृह मन्त्रालय मातहतका कार्यालयहरुको पुनःनिर्माणमा ढिलाइ भएकै बताए। पुनःनिर्माणको कामलाई तीव्रता दिन नसकिरहेका बेला स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि घर बनाउने काम छाडेर पनि राजनीतिक दलका भाषण र कार्यक्रम हेर्नतिर भूकम्प प्रभावितको ध्यान गएको छ। चुनावमा भोट दिएर असल नेतृत्व चयन गर्ने र आफ्नो ठाउँको विकास आफैं मिलेर गर्ने भन्दै गाउँका अगुवाहरु भने चुनावी कार्यक्रममा सरिक हुँदै आएका छन्। रासस
आखिर के खान्छन् मेसी?
प्रायः ३० वर्ष पुगेपछि अन्तर्राष्ट्रिय फुटबल खेलाडीको खेल स्खलित हुँदै जान्छ। उनीहरूले खेलभन्दा बढि चोट बोक्ने गर्छन्। किशोर अवस्थामा झै उनीहरूमा त्यति ठूलो प्रभाव देखिदैन्।
तर, अन्तर्राष्ट्रिय फुटबल खेलाडीमध्ये कोही यस्ता पनि हुन्छन, जो बढ्दो उमेरसँगै झन् बढि आक्रामक र चुस्त देखिन्छन्। त्यसमध्ये अहिले सबैभन्दा बढि चुस्त र आक्रामक खेलाडी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी देखिन्छन्।
लगभग ३० को हाराहारीमा पनि उनको फुर्ती देखेर दंग नपर्ने सायदै कोही होलान्। आखिर कसरी उनी यो उमेरमा पनि यति फुर्तिलो देखिए होलान्? यसको उत्तर खोजिरहेका उनका समर्थकका लागि भर्खरै मेसीका ‘डाइटिसियन’ गुइलियानो पोसरले नयाँ खुलासा गरेका छन्।
उनले विश्व चर्चित खेलाडीको खान्कीको विषयमा स्पेनिस पत्रिका मुन्डो डेपोर्टिभोलाई अन्तर्वार्ता दिँदै मेसीको खानपिनको विषयमा थुप्रै रोचक तथ्य सार्वजनिक गरेका छन्। इटालीका यी ‘डाइटिसियन’लाई सन् २०१४ मा मेसीले नियुक्त गरेका थिए। यसपछि मेसीको खानपिन मात्र होइन, ज्यानमा पनि थुप्रै परिवर्तन देखिएको छ।
गुइलियानोका अनुसार पर्याप्त पानी, राम्रो अोलिभ तेल, अन्न, फलफुल र हरियो तरकारीले बार्सिलोनाका स्टार स्ट्राइकरको शारीरिक क्षमतालाई ओजिलो बनाएको छ।
‘यसबाहेक पनि पर्याप्त मात्रामा बदाम र गेडागुडीले उनलाई फाइदा पुर्याएको छ,’ गुइलियानोले भने, ‘उनलाई चिनीको मात्राबाट टाढा राखिएको छ। अधिक चिनीजन्य पदार्थले मांसपेशीमा खराबी गर्छ।’
गुइलियानोले पछिल्लो समय बजारमा शुद्ध पिठोको समस्या देखिएको र शुद्ध पिठो पाउन गाह्रो पर्ने बताउँदै मेसीको खानपिन त्यही अनुरुप कहिलेकाहीँ परिवर्तन हुने बताए।
विश्व चर्चित थुप्रै खेलाडीहरू प्रोटिनका लागि मासुलाई अत्याधिक महत्व दिन्छन्। तर, गुइलियानोले पचाउन गाह्रो पर्ने कारण मेसीलाई कम मासु खान सल्लाह दिएका छन्। ‘अन्य देशका व्यक्तिहरूको तुलनामा अर्जेन्टिना र उरुग्वेका मानिसहरूले मासु बढि खान्छन्। जुन पचाउन गाह्रो पर्ने गर्छ।’
उनले खानपीनका लागि आफूले बनाएको नियमलाई पालना गरेर मेसीको स्वास्थ्यमा झन् ठूलो परिवर्तन देखिएको दावी गरेका छन्।
Subscribe to:
Posts (Atom)