गुलरिया, १ चैत । नेकपा एमालेकी नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले आफू रहरले नभई बाध्यताले कमलरी बसेको बताएकी छन् ।
भर्खरै पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी शान्ताले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत बर्दियाको गुलरियामा आयोजित जनसभालाई सम्वोधन गर्दै आफू थारु नभई गरिब भएका कारण कमलरी बस्नुपरेको स्पष्ट पारिन् ।
‘यो शान्ता चौधरी थारु भएकोले १४ बर्ष कमलरी बसेको होइन् । शान्ता चौधरी अर्थिक रूपमा गरिब भएकाले कमलरी बसेको हो,’ उनले भनिन्- ‘यो देशको मुल समस्या बर्ग समस्या हो, जातीय होइन् । थारू भएकै कारण कमैया, कमलरी बस्ने भएको भए किन बिजय गच्छदार कमैया बसेन ?’
‘म यसकारण एमाले भए’
नेतृ चौधरीले तराई कसैको बिर्ता नभएको भन्दै भनिन्- ‘यो त आदिबासी थारु हरुको थातथलो हो । एमाले कसरी थारु र मधेसी बिरोधी भयो ?’
उनले माओवादीले धेरै मान्छेको हत्या गरेको, घाँटी रेटेको देखेर आफू माओवादी हुन नसकेको बताइन् । ‘धेरै मानिसको घाँटी रेटेर हत्या गरेको देखेकी म माओवादी बन्न सकिन,’ उनले भनिन, ‘त्यसकारण म एमाले भए ।’दैनिक नेपालमा खबर छ |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment