१ चैत, इटहरी । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नंको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजनाको ज्यान गएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गए राति अवेर इटहरीको तरहरा उत्तर पानीपिया भन्ने स्थानमा भएको उक्त घटनामा धरान निवासी २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो बान्तवा राईको मृत्यु भएको छ । उक्त घटनामा सोही मोटरसाइकलमा यात्रारत राजु मगर भने गम्भीर घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दुर्घटना गर्ने ट्रक र त्यसका चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिई आवश्यक कानुनी कार्वाही प्रारम्भ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment