Sunday, March 12, 2017

राती कानमा प्याज राखेर सुत्दा हुन्छन् यी चमत्कारिक फाइदा



 राती कानमा प्याज राखेर सुत्दा हुन्छन् यी चमत्कारिक फाइदा
प्याजले हाम्रो खानाको स्वाद बढाउनुका साथै हामीलाई थुप्रै रोगबाट पनि बचाउँछ । हामीले प्याजलाई औषधी भन्छौं भने त्यसमा केही गल्ती हुँदैन । प्याजमा कोलिसिन र रायबोफ्लेविन (भिटामिन बी) पर्याप्त मात्रामा पाइन्छ । यतिमात्र होइन प्याजमा जिवाणुरोधी, तनावरोधी, पीडा निवारक, पत्थरी, गाँठा, लू, मधुमेह र थुप्रै अन्य रोग पनि नियन्त्रण गर्ने शक्ति रहेको हुन्छ । आज हामी तपाईंलाई प्याजले हाम्रो कानका लागि कस्तो प्रकारको फाइदा पुर्याउँछ भन्ने बारे जानकारी दिँदै छौं ।

तपाईंले योभन्दा पहिले प्याजलाई मोजामा राखेर सुत्नुका फाइदा बारे पढ्नुभएको होला । विज्ञानले पनि यो कुराको मान्यता दिएको छ कि मोजामा प्याज राखेर सुत्दा हामीले थुप्रै प्रकारको स्वास्थ्य लाभ पाउँछौं । वास्तवमा प्याजमा पाइने फस्फोरिक एसिड रगतको धमनीमा छिरेर रगतलाई शुद्ध बनाउने काम गर्दछ । यसका साथै, जसको जुत्ता–चप्पल लगाएपछि खुट्टा गन्हाउने समस्या छ भने त्यसलाई जरैदेखि उखेल्ने गर्दछ । तर प्याजलाई कानमा राखेर सुत्दा तपाईं थुप्रै रोगबाट बच्न सक्नुहुन्छ । जो मानिसहरुदाई कानमा पीडा वा पोल्ने समस्या छ भने यो तरिकाले निकै फाइदा प्रदान गर्दछ ।

उपायः

प्याजलाई सफासँग पखाल्नुहोस् । प्याजलाई काटेर यस्तो आकार दिनुहोस् कि त्यो कानभित्र पनि नछिरोस् र सुत्नेबेला बाहिर पनि नखसोस् । अब यो टुक्रालाई सुत्नुभन्दा पहिले कानमा राख्नुहोस् । रातभरी यसरी राख्नुहुन्छ भने बिहान उठ्दा तपाईंको कानको समस्या निकै हल्का हुन्छ ।

यसका साथै यो तरिका अपनाउँदा कानमा हुने जलनबाट पनि छुटकारा पाइन्छ । केहि दिनसम्म यो तरिका अपनाउँदा कानसम्बन्धि सबै समस्याबाट छुटकारा पाउनुहुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment