स्विडेनको एक अनुसन्धान दलले आफ्नो रिपोर्टमा एउटा निकै अचम्मको खोज पेश गरेको छ । सेक्स टोयमा भन्दा बच्चाको खेलौनामा अत्यधिक खतरनाक केमिकल पाइएको उक्त अनुसन्धानले बताएको छ । गत सोमबार स्विडेनको केमिकल एजेन्सीले आफ्नो रिपोर्ट सार्वजजिक गरेको हो ।
स्विडिस केमिकल एजेन्सीले सन् २०१६ को एक अनुसन्धानमा स्विडेनमा आयात गरिएका र अनुसन्धानमा समावेश गरिएका ४४ सेक्स टोयमध्ये केवल दुई प्रतिशतमा प्रतिबन्धित केमिकल प्रयोग भएको छ । योभन्दा पहिले सन् २०१५ मा गरिएको एक भिन्न अनुसन्धानमा १ सय १२ खेलौनामध्ये १५ प्रतिशतमा सिसासमेत अन्य खतरनाक केमिकल पाइएको बताइएको छ ।
अनुसन्धानकर्ताका अनुसार यो परिणाम उनको लागि पनि चकित पारिदिने छ । अनुसन्धानकर्ताले यस्तो प्रकारको खोज पहिलो पटक भएको दाबी गरेका छन् ।
रिपोर्टका अनुसार ४४ वटा सेक्स टोयमध्ये केवल प्लाष्टिकको एक डिल्डोमा प्रतिबन्धित केमिकल क्लोरिनेटेड प्याराफिन्स पाइयो जसका कारण क्यान्सरको आशंका पैदा हुन्छ ।
बच्चाको खेलौनामा अत्यधिक घातक केमिकल पाइन्छ भनेर निर्धारण गर्न मुश्किल भएको एजेन्सीले बताएको छ । यद्यपी, केमिकल एजेन्सीका प्रवक्ताले यसको एक कारणलाई रेखांकित गर्ने कोसिस गरेको छ ।
उनका अनुसार यसको पछाडि एउटा यो कारण हुनसक्छ कि धेरैजसो सेक्स टोय ठूला कम्पनीले मगाएका हुन्छन् । यस्ता कम्पनीले सेक्स टोय बनाउनेहरुलाई हानिकारक केमिकल प्रयोग नगर्न दबाब दिन सक्छन् ।
उनका अनुसार बच्चाहरुको खेलौनालाई साना कम्पनीले मगाउने गर्दछन् । यस्ता कम्पनीसँग खेलौना निर्माताहरुमाथि दबाब दिने क्षमता कम हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment