Sunday, February 12, 2017

यी बैंकले दिन्छन् १२ प्रतिशत व्याज !




अहिले तपाईसँग केही पैसा छ भने व्याजबाट पनि कमाउने अवसर आएको छ। लगानीयोग्य रकम अभाव भएपछि वाणिज्य बैंकहरुले छोटो अवधिकै लागि वार्षिक १२ प्रतिशतका दरले व्याज दिने योजनाहरु ल्याएका छन्।

६ महिनाअघिसम्म ५ वर्षे मुद्दती योजनामा समेत ८–९ प्रतिशतका दरले दिने तिनै बैंकले अहिले ९० दिनकै योजनामा वार्षिक १२ प्रतिशतले हुन आउने व्याज दिन थालेका छन्।

आधा दर्जन बढी वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजदरका योजना ल्याइसकेका छन्। ९० दिनदेखि २ वर्षेसम्मका यस्ता योजनामा न्यूनतम रकम पनि तोकिएको हुन्छ। कुनै बैंकले न्यूनतम मौज्दात १ लाख रुपैयाँ तोकेका छन् त कुनैले २ र कुनैले १० लाख।

यदी तपाईको बचत खातामा १ लाख रुपैयाँभन्दा माथि छ भने यिनै योजना तपाईका लागि प्रभावकारी हुन सक्छन्। किनकि बचत खातामा व्याजदर निकै न्यून छ।

मुद्दती खातामा रहेको पैसा बीचमै चाहियो भने झिक्न नपाइएला भन्ने चिन्ता समेत केही बैंकले हटाइसकेका छन्। यही व्याजदरमा केही महिना रकम राखेर बीचमा झिक्नुपरेमा पनि थप शुल्क नलिई त्यो सुविधा दिन थालेका छन् बैंकले। यद्यपी १२ प्रतिशत व्याज लिनका लागि छुट्टै खाता खोल्नुपर्छ।

हेर्नुहोस् १२ प्रतिशत व्याज दिने बैंकहरु

एनएमबि बैंकः 
न्यूनतम मौज्दात १० लाख रुपैयाँ राखेर यो बैंकबाट वार्षिक १२ प्रतिशतले हुन आउने व्याज पाइन्छ। महिनैपिच्छे बैंकले व्याज दिन्छ। यसको अवधि २ वर्षे रहे पनि बीचमै चाहिएका बेला पैसा निकाल्न सकिने र शुल्क नलाग्ने बैंकले जनाएको छ।

ग्लोबल आईएमई बैंकः 
ग्लोबल आईएमई बैंकमा ३ महिना अर्थात ९० दिनको लागि १ लाख वा सोभन्दा बढी रकम राखेपछि वार्षिक १२ प्रतिशतले हुन आउने व्याजदर पाइन्छ। देशभर रहेका विभिन्न ९१ शाखामध्ये जुनसुकै शाखामा खाता खोलेर त्यही शाखाबाट व्याज रकम लिन पाइने बैंकले जनाएको छ।


नेपाल बंगलादेश बैंकः 
यो बैंकमा १२ प्रतिशत व्याज पाउन कम्तीमा २ लाख रुपैयाँ राख्नुपर्छ। यसको अवधि पनि लामो छ। १ सय ८० दिनसम्म २ लाख वा सोभन्दा बढी रकम राखेपछि सो दरको व्याज पाइन्छ।

एनआईसी एसिया बैंकः 
१ वर्षे अवधिका लागि एनआईसी एसियाले १२ प्रतिशत व्याजदरको योजना ल्याएको हो। बैंकले यसका लागि न्यूनतम मौज्दात १ लाख तोकेको छ। बैंकले महिनैपिच्छे वार्षिक १२ प्रतिशतका दरले हुन आउने व्याज भुक्तानी गर्नेछ।

हिमालयन बैंकः 
१२ देखि १८ महिनासम्मको अवधिका लागि रकम राख्नेले यो बैंकबाट वार्षिक १२ प्रतिशत व्याज पाउँछन्। यसका लागि न्यूनतम मौज्दात २ लाख रुपैयाँ तोकिएको छ। अथवा न्यूनतम १ लाख रुपैयाँ २ सय दिनसम्म राख्दा ११ प्रतिशत व्याज बैंकले दिने गर्दछ।

एनसीसी बैंकः 
यो बैंकमा न्यूनतम १ लाख रुपैयाँ १ सय २० दिनसम्म राखेपछि वार्षिक १२ प्रतिशत व्याजदर आउँछ। १ लाख रुपैयाँ १ सय २० दिनसम्म राख्दा ४ हजार व्याज आउँछ।

सिटिजन्स बैंक 
न्यूनतम १ लाख रुपैयाँ मौज्दात राखेर त्रैमासिक रुपमा यस बैंकबाट व्याज लिन सकिन्छ। न्यूनतम एक वर्षको अवधि बैंकले तोकेको छ।

मेगा बैंकः 
यो बैंकले दुई योजनाबाट १२ प्रतिशत व्याज दिने गर्दछ। १ सय २० दिने मुद्दती योजनाका लागि न्यूनतम १० लाख रुपैयाँ रकम तथा ३६५ दिने मुद्दती योजनाका लागि न्यूनतम १ लाख रुपैयाँ मौज्दात तोकिएको छ।

सेन्चुरी कमर्सियल बैंकः 
यो बैंकमा न्यूनतम ५ लाख रुपैयाँ १ सय ५० दिनसम्म राखेपछि १२ प्रतिशत व्याजदर पाइन्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment