Saturday, February 11, 2017

नवलपरासीमा बस पल्टियो, ६ जना घाइते



१ फागुन, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नयाँबेलाहानीमा आज बिहान यात्रुवाहक बस पल्टिँदा बसमा सवार छ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२७४ नंको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको थियो ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, सुनसरी र सप्तरीका घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment