पैसा र सफलता कडा मिहिनेत र परिश्रमिले मात्रै कमाउन सकिन्छ भन्ने उदाहरण हुन् नवलपरासी गैंडाकोटका देव घिमिरे।
करिब नौ बर्ष अगाडि २००७ मा वृद्धवृद्धाको हेरविचार गर्ने (केयर गिभर) भिषामा इजरायल आइपुगेका उनको ठूलो महत्वकांक्षा थिएन। मासिक तलब पैतालिस पचास हजारमा सन्तुस्ट थिए उनी। चारपाँच वर्ष विदेशमा दु:ख गरिसकेपछि नेपाल फर्किएर एउटा घर बनाउने र व्यापारव्यवसायगरेर बस्ने सोच थियो उनको। तर, आज उनी इजरायलमै करौडौंको मालिक बनेका छन्।
सुरुका दिनमा भनेजस्तो काम नपाएर दिक्क भएका उनलाई कर्मले डोहोर्याउँदै ‘ज्ञाने याभ्ने’ भन्ने इजरायलको एउटा गाउँमा पुरर्यायो।त्यहाँ उनी करिब असि बर्षको बृद्दको हेरविचार गर्थे।केहिसमयमा नै उनले घरको पछाडि पैसा फल्ने ठाउँ यत्तिकै खेर गइराखेको देखे। त्यो पैसा फल्ने ठाउँ थियो- घर मालिकको बाँझो जमिन।
उनले त्यो खालि जमिनमा नेपाली रायोको साग रोपे। शुक्रबार-शनिबार नेपालीहरु छुट्टि मनाउन जम्मा हुने मुख्य ठाउँ तेलअविबमा शहरमा बेच्ने सोच बनाए।
उनले जमिनको मालिकसँग आफ्नो सोच सुनाए। सिंचाइका पानी लगायत अन्य रकम आफै व्यहोर्ने बताए। मनकारी मालिकले तुरुन्तै मन्जुरी दिए।
पहिलो फटकमा दश मुठ्ठा साग बेचे। अहिले करिब एक कट्ठमा साग खेती गर्छन्। उनका मुख्य ग्राहक नेपाली तथा भारतीय र श्रीलंकन हुन् ।
खाली हात बस्न नरुचाउने स्वभावका देवसँग नियमित काम र साग खेतीको अलावा अरु बाँकि केहि समय थियो। त्यो समयमा स्थानीय अरबिको खसी-बोका फार्ममा गएर खसी काटेर नेपालीहरुलाई खसीको मासु बेच्न थाले।
सुरुमा एउटा खसीको मासु बेच्न धौधौ पर्थ्यो उनलाई। अहिले प्रतिमहिना पाँच-सात सिंगो खसीको मासु सजिलै बेच्छन्। त्यस्तै चाडपर्वको बेलामा खसीको मासुको माग उनले धान्नै सक्दैनन्।
हँसिला-फुर्तिला देखिने दुई जवान छोराका बाबु देव विदेशी भूमिमा नेपालकै जस्तो रायो साग अनि खसीको मासु नेपालीलाई खुवाउन सकेकोमा धेरै खुसी छन्।
मेहनेती र मिजासिला स्वभावका देव बिहान सामान्यत चाँर बजेतिरै उठ्छन् र दिनभरी काम गर्छन्। उनको आरामको समय भनेको राति मात्रै हो। अझै केहिवर्ष यतै बसेर सकेको मेहनेत गर्ने, पैसा कमाउने र आफ्नै देश नेपाल गएर रमाइलो घुमाघाम गर्ने बताउँछन्।
नियमित तलब बाहेक महिनाको चार-पाँच लाख रुपैंया आम्दानी हुन्छ उनको। उनकी जीवनसंगिनी सुमित्रा घिमिरे पनि देवसँगै काममा खट्छिन्।
विश्वको जुनसुकै कुनामा भएपनि मेहेनती मानिसहरुको पछाडि मात्रै पैसा दौडने विश्वास भएका देव विदेशी भूमिमा नाम र दाम कमाउन सफल छन्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment