नेपाल टेलिकमले गएको पुस १७ गतेबाट पोष्टपेड सिमकार्डमा फोर जी सेवा नेपालमै पहिलोपटक सुरु गरेको थियो।
शनिबार १३ औं वार्षिकोत्सवको अवसरमा प्रिपेड सिमकार्डमा पनि सुचारु गरेको छ। आइफोन चलाउनेहरुले भने टेलिकमको यो सुविधा लिनबाट वञ्चित हुने भएका छन्।
आइफोनसँग प्राइभेसी सम्झौता नगरेकोले टेलिकमको सिमकार्डमा फोरजी सेवा नचल्ने भएको छ। सेवा संचालनका लागि हरसम्भव प्रयास गरे पनि त्यो सम्भवन नभएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
‘हामीले यसका लागि विभिन्न तहबाट छलफल गरेका थियौं, सकभर आजबाट सेवा सुचारु गर्नेमा थियौँ’ उनले भने ‘तर अन्तिम समयमा आएर त्यो सम्भव भएन।’एप्पलले पहिले गोपनियता सम्झौता गरेपछि मात्र आइफोन सिक्स प्लस, सेभेन, सेभेन प्लसमा टेलिकमको फोरजी ‘कम्प्याटिबल’ बनाइदिने प्रस्ताव गरेको थियो।

एप्पलको प्रस्ताव आफूहरुले स्वीकार गरेको र सबै कुरा सकारात्मक भएपनि यही मार्च महिनामा एप्पलले आफ्नो रेगुलेटरी टेबल परिवर्तन गर्ने भएकोले त्यसपछिमात्र टेलिकमको फोरजी चल्ने अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलका स्मार्टफोन, ग्याजेट्सहरुमा नेटवर्क लोकेसन इनेबल गरेपछिमात्र तोकिएको प्रविधि चल्छन्। एप्पलले टेलिकमको नेटवर्क लोकेशन कोडलाई आफ्नो रेगुलटरी टेबलमा समावेस नगरेकाले केही फोनमा नचल्ने समस्या यथावत रहेको अधिकारीले जानकारी दिए।
उता फोरजीकै तयारीमा रहेको निजी क्षेत्रको एनसेलले भने यसअघि नै सबैसँग नेटवर्क लोकेसन इनेबल गरिसकेको छ।
आइफोन फोर एस, फाइभ सी, सिक्स, सिक्स एस, सेभेन, सेभेन प्लसमा एलटीइ नेटवर्क चल्छ। यसमध्ये आइफोन सिक्स एस, सेभेन र सेभेन प्लसमा मात्र फोर जी नचल्ने अरुमा भने चल्ने वायरलेस निर्देशनालयका अधिकारीहरुले जानकारी दिएका छन्।
चीनबाट ल्याएका आइफोनमा चल्ने, जापान र कोरियाबाट ल्याइएकामा नचल्ने
यसैबीच चीनको लागि भनेर आएका आइफोनमा भने टेलिकमको फोर जी चल्ने देखिएको अधिकारीले जानकारी दिए। ‘आइफोनको रेगुलटरी टेबलमा चीन भनेर समाबेस भएको छ भने त्यसमा फोरजी चल्छ’ सहप्रवक्ता अधिकारीले सेतोपाटीसँग भने, ‘अन्यमा भने मार्चपछि मात्र चल्छ।’
जापान र कोरियाको लागि भनेर बनाइएका तथा त्यहाँबाट नेपाल ल्याइएका फोनमा नेपाल टेलिकमको फोरजी चल्ने छैन। आइफोनले ति देशका टेलिकम सेवा प्रदायकसँग मात्र बन्डलिङ गरेर मात्र फोन पठाउने भएकोले नेपालमा नचल्ने देखिएको टेलिकमका अधिकारीहरुले जानकारी दिएका छन्।
कस्ता र कति मूल्यमा पाइन्छन् त फोरजी चल्ने फोन?
हाल बजारमा पाइने फोरजी चल्ने फोनहरु जो प्रचलित पनि छन्, त्यस्ता फोनको मूल्य न्यूनतम ८ हजार र अधिकतम ८८ हजारसम्मका पाइन्छन्।
नेपाल मोबाइल एसोसिएसनले दिएको जानकारी अनुसार हाल सबैभन्दा सस्तो सामसुङको जे वान नेक्स्ट प्राइमको मूल्य ८ हजा ३ सय ९० रुपैयाँ छ भने सबैभन्दा महंगो सामसुङकै एस सेभेन एजको मूल्य ८८ हजार ९ सय रुपैयाँ छ। यी दुवै मूल्यका फोनमा फोरजी चल्छ।
हेरौँ फोरजी चल्ने अन्य मोबाइल र तिनको मूल्य
Huawei | ||
S.N. | Model | MRP |
1 | Y6 PRO | 16,999.00 |
2 | GR5 (2017) | 29,999.00 |
3 | Mate 8 | 72,000.00 |
Zopo | ||
S.N. | Model | MRP |
1 | COLOR - F2 | 13,990.00 |
2 | COLOR - F5 | 14,990.00 |
OPPO | ||
S.N. | Model | MRP |
1 | A 37 | 20,490.00 |
2 | F 1 S | 33,890.00 |
GIONEE | ||
S.N. | Model | MRP |
1 | F103 PRO | 16,999.00 |
2 | S6S | 25,999.00 |
LAVA | ||
S.N. | Model | MRP |
1 | A3 | 25,000.00 |
2 | IRIS 870 | 13,500.00 |
COLORS | ||
S.N. | Model | MRP |
1 | K-3 | 15,995.00 |
2 | E-20 | 14,700.00 |
OBI | ||
S.N. | Model | MRP |
1 | SF1 | 26,199.00 |
2 | MV1 | 15,699.00 |
ZTE | ||
S.N. | Model | MRP |
1 | BLADE D3 | 12,500.00 |
2 | AXON E LITE | 33,900.00 |
SAMSUNG | ||
S.N. | Model | MRP |
1 | J1 NXT PRIME | 8,390.00 |
2 | S7 EDGE | 88,900.00 |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment