Sunday, February 5, 2017

नौबिसेमा माइक्रोबस दुर्घटना, बालकको मृत्यु

२३ माघ, मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–१ धार्केमा आज साँझ माइक्रोबस दुर्घटनामा परी गोरखा घर भएका सात वर्षीय सुजन थापाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् । काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ख ३७१४ नंको माइक्रोबस र ना५ख २९२० नंको ट्रक एकआपसमा ठोक्किएर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको ललितपुरस्थित गणेशमान महालक्ष्मी अस्पताल तथा अन्यको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment