Thursday, January 26, 2017

एनसेल प्रयोगकर्तालार्इ खुशीको खबर अब ३ पैसामै एसएमएस पठाउन सकिने



१३ माघ, काठमाडौं । एनसेलले ‘नयाँ एसएमएस प्याक’नामक आकर्षक योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्रअझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्नेछन् ।

‘नयाँ एसएमएस प्याक’ यही शुक्रबारबाट शुरु भई १५ दिन सम्म संचालनमा रहने छ । यो एसएमएस प्याकअन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार ५ रुपैयाँ (कर सहित) मा १५० एसएमएस वा २५ रुपैयाँ (कर सहित) मा १००० एसएमएस पाइने प्याक सुचारु गर्न सक्नेछन् ।


२५ मा १००० एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसा प्रतिएसएमएसको न्यून शुल्कमा कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन् ।


ग्राहकले एस्टि्रक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशननुसार यो योजना सुचारु गर्न सक्छन् । एसएमएसमार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्छन् ।

यसका लागि १५० वटा एसएमएस पाइनेे प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा ५ टाइप गरि १७११९ मा एसएमएस पठाउन सक्नेछन् ।

त्यस्तै १००० एसएमएस पठाउन सकिने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा २५ टाइप गरि १७११९ मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्छन् । यीदुबै प्याक सुचारु भएको दिन देखि ३० दिनको लागि मान्य रहनेछ ।

“बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएका हौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले हाम्रा ग्राहकलाई अझ सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पुर्‍याउने विश्वास लिएका छौ ।”

ग्राहकले एस्टि्रक्स ९०१ ह्यास डायल गरी ग्राहकले आफ्नो बाँकी रहेको एसएमएसको बारेमा जनकारी लिन सक्नेछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment