एजेन्सी– यौन सम्पर्कका समयमा ठूलो संख्यामा महिलाहरुले पीडा अनुभूति गर्ने गरेको एउटा अध्ययनले देखाएको छ। बेलायतमा यौनका दृष्टिले सक्रिय करिब ७ हजार महिलामाझ गरिएको सर्वेक्षणमा हरेक १० जनामध्ये एक महिलाले यौनसम्पर्कको समयमा कुनै न कुनै पीडा हुने गरेको बताएका थिए।
इन्टरनेसनल जर्नल अफ अबेस्ट्रिक एन्ड गाइनोलोजीमा प्रकाशित सो अध्ययनमा पीडादायी यौन गतिविधिप्रति पुरुषको चासो कम रहेको उल्लेख छ। यस समस्याबाट विश्वभरका अधिकांश महिला प्रभावित हुने अनुमान अध्ययनले गरेको छ।
१६ वर्षदेखि ७४ वर्षका महिलामाझ गरिएको सो अध्ययन अनुसार यौन सम्पर्कको समयमा सबैभन्दा बढी ५० देखि ६० वर्ष उमेर समूहका महिला प्रभावित हुने गरेको उल्लेख छ। युवतीहरु भने यस्तो समस्याबाट तुलनात्मक रुपमा थोरै प्रभावित हुने गरेको उल्लेख छ।
चिन्ताका कारण पनि महिलाले यौन सम्पर्कमा पीडा अनुभूति गरेको अध्ययनले बताएको छ। सर्वेक्षणमा सहभागी एक महिलाले भनेकी छिन्, ‘चिन्ता लिएको बेला यौन सम्पर्क गर्दा झन् पीडा हुने गरेको छ।’ सहभागीमध्ये एक चौथाइले ६ महिनासम्म यौन सम्पर्कका क्रममा पीडा अनुभव गरेको बताएका थिए। त्यस्तै ३३ प्रतिशतले आफ्नो यौन जीवनप्रति असन्तुष्ट रहेको बताएका थिए।
लाजका कारण धेरै महिलाले यस्तो समस्यामा विज्ञको सहयोग लिने नगरेको अध्ययनकर्ता डा. क्रिस्टिन मिचेलले बताइन्। भर्खरै विवाह गरेका महिलाले पनि पीडादायी यौन अनुभव गरेको सर्वेक्षणमा पाइएको डा. मिचेलको भनाइ छ। किशोरीहरुलाई विद्यालयस्तरमै उपयुक्त मात्रामा यौन शिक्षा दिन सके यस्ता समस्या कम हुँदै जाने अध्ययनमा उल्लेख छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment