Thursday, January 26, 2017

ह्वात्तै घट्यो सुनको भाउ

\
 काठमाडौं, माघ २४ । विवाहको लगनकै बेला सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार फाइन गोल्ड तोलाको ५४ हजार ६ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ३ सय रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ ।

बिहीबार फाइन गोल्ड तोलाको ५५ हजार रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको हो ।



हप्ताको पहिलो दिन आइतबार फाइन गोल्ड तोलाको ५५ हजार ४ सय रुपैयाँमा रस्ट्याण्डर्ड गोल्ड ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ ।

चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आइतबार तोलाको ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार तोलाको ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment