१५ माघ, काठमाडौं।
भारत छिमेकी मुलुक भुटानमाथी निकै हावी मानिन्छ। कतिसम्म भने भुटानको विदेश नीति समेत प्रत्यक्ष-अप्रत्यक्ष रुपमा भारत नै तय गर्छ। भुटान भारतको ‘पारिलो’ सुरक्षा छाता भित्र ‘कैद’ छ। अर्काको छाता भित्र ओत लाग्ने देश कति सार्वभौम हुन्छ त्यो बेग्लै प्रसंग हो।
भुटानलाई कुटनैतिक हिसावले भारतको करेसाबारी भन्दिए हुन्छ। तर त्यही करेसाबारीमा पनि भुटानको अर्को ‘जब्बर’ छिमेकी चीनले खेल्न थालेको छ।
चीन र भुटानको सम्वन्धको इतिहास पारिलो भने छैन् । दुबै देशबीच सिमा विवाद बाँकी छन्। भुटान र चीनबीच ४७० किलोमिटर लामो साझा सिमा छ जहाँ प्रशस्तै विवाद छन्।
कतिसम्म भने चीन र भुटानबिच कुटनैतिक सम्वन्ध समेत स्थापित छैन्।
भुटान र तीब्बतबीच सास्कृतिक र ऐतिहासिक सम्वन्ध र समानता छ तर तिब्बत चीनले कब्जा गरेपछी भुटान चीनसंग पर हुँदै गयो। सन १९६२ मा भएको चीन र भारतबीचको युद्धमा भुटानले भारतको पक्ष लिँदै भारतीय सेनालाई भुटानबाट चीनतर्फ आक्रमण गर्ने छुट दिएको थियो। तर सो यु्द्धमा भारतले पराजय बेहोर्यो। भारतको पराजयले त्यतिखेरै भारतको छत्रछायाँमा भुटान सुरक्षित छ त भन्ने प्रश्न उठेको थियो।
यतिखेर चीन भुटानसंग कुटनैतिक सम्वन्ध स्थापना गर्न इच्छुक देखिएको छ। सन २०१६ मा भुटानका विदेश मन्त्री बेजिङ भ्रमणमा गएका थिए। त्यो चीन र भुटानबीच भएको २४ औं सिमा वार्ता थियो।
कुटनैतिक सम्वन्ध नै नभएका र लामो समय तनावपुर्ण सम्वन्ध झेलेका भुटान र चीनबिच सन २०१२ मा संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा अप्रत्याशित साइडलाइन वार्ता भएको थियो।
रियो द जेनेरियोमा भएको संयुक्त राष्ट्रसंघको एक सभामा चीनका प्रिमियर बेन जियाबाओ र भुटानी प्रधानमन्त्री जिग्मी वाई थिन्लीबीचको भेटवार्ताले सकारात्मक मोड लियो। दुबै देशबाट कुटनैतिक सम्वन्ध स्थापन गर्ने इच्छा समेत व्यक्त भयो। तर संभवत भारतीय दबाबका कारण भुटान चीनसंग कुटनैतिक सम्वन्ध स्थापना गर्ने कुरामा अघि बढ्न भने सकेन्।
सो भेटवार्ताले उच्चस्तरिय राजनैतिक भ्रमणको भने बाटो खोलिदियो।
गत हप्ता भारतका लागि चिनियाँ राजदूतले भुटानको अर्थपुर्ण भ्रमण गरे। राजदुत लुई झाहोहुइले भुटानको ५ दिन भ्रमणमा प्रधानमन्त्री छिरिङ तोबगेसंग भेटवार्ता गरे।
भारतीय प्रतिदन्द्धी पाकिस्तानमा इकोनोमिक कोरिडोर बनाएर वन वेल्ट, वान रोड नीतिमा अघि बढेको चीनले भुटानसंग सम्वन्ध बढाएर भारतको ‘करेसाबारी’ हात हालेको रुपमा यसलाई अर्थ्याउन थालिएको छ। भारतको छिमेकी नेपाल, पाकिस्तान, बंगालदेश लगायतका देशहकरुसंग खास सम्वन्ध स्थापित गरेको र त्यसलाई मजबुत पारिरहेको चीनले पछिल्लो कुटनीतिप्रति भारतको तिखो नजर छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment