काठमाडौं, माघ १२ – सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुन ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै ९९ दशमलव ५० प्रतिशत शुद्धताको स्ट्याण्डर्ड गोल्डको भाउ तोलाको ५५ हजार रुपैयाँमा झरेको छ ।
मंगलबार फाइन गोल्ड ५५ हजार ७ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि बुधबार तीन दिनपछि ५ रुपैयाँले घटेर तोलाको ७ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि सस्तो भएको हो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment