Wednesday, January 25, 2017

ब्रेड, चिप्स र आलुलाई खैरो बनाएर नखान वैज्ञानिकको सुझाब


बिबिसी – वैज्ञानिकहरुले ब्रेड, चिप्स र आलुलाई डढाएर वा खैरो बनाएर नखान सmुभाब दिएका छन् । खैरो बनाएका  यी तीन परिकारले मानिसलाई क्यान्सर निम्त्याउन सक्ने उनीहरुले चेतावनी समेत दिएका छन् । ओभनमा सिधै रोस्ट गर्दा वा  फ्राई गर्दा  एक प्रकारको सेतो तत्व एक्राइलेमाइड उत्पन्न हुने र यसले मानिसको स्नायु तन्तु मा अशर गर्ने उनीहरुले बताएका हुन् । स्मरणहोस एक्रलेमाईड आफैमा क्यान्सरजन्य तत्व हो ।

वैज्ञानिकहरुले आलु र अन्य गेडागुडीलाई फ्रिजमा नराख्न सुझाब दिएका छन् । किनकी न्यून तापक्रममा चिनिको तह बढ्छ र पकाउँदा खेरी एक्राइलेमाईडको तह बढ्छ ।



एक्राइलेमाइड विभिन्न प्रकारका खानेकुरा  र विशेष गरी खानेकुरा पकाउने प्रक्रियामा उत्पन्न हुन्छ । चिप्स, ब्रेड, ब्रेकफास्ट सेरेल्स, बिस्कुट, क्रेकर, केक्स र कफीलाई १२० डिग्री सेन्टीग्रेड तापक्रमा भन्दा माथि पकाउदा यो तत्व उत्पन्न हुन्छ ।

 कार्बोहाईड्रेडयुक्त खानेकुरा, आलु, चिप्स, र ब्रेडमा पनि क्यान्सरजन्य यस्तो तत्व पाइन्छ । रोटीलाई टोस्ट बनाउदा यो तत्व उत्पन्न हुन्छ । टोस्टको कालो रंगमा एक्राइलेमाईड उत्पन्न हुन्छ । खैरो बनाउने पक्रियामा चिनि, एमिनो एसिड र पानीको मिश्रण हुन्छ ।

यी खानेकुराबाट उत्पन्न हुने रसायनले जनाबरको डीएनएलाई विषालु र क्यान्सरयुक्त बनाइदिने भन्दै वैज्ञानिकहरुले मानिसहरुमा पनि यस्तो सम्भावना भएको देखाएका छन् । तथापी यसबारे मानिसमा पुष्टि हुन भने बाँकी नै रहेको छ । एक्राईलेमाईडको एक्सपोजले मानिसलाई जीवनभर क्यान्सरको खतरा हुने र प्रजनन प्रणालीमा असर गर्ने उनीहरुको विश्वास छ ।

यसैबीच, बेलायतको फुड स्टर्यान्डन्ड एजेन्सीले पकाउने सम्बन्धी निर्देशिका साबधानीपूर्वक पालना गर्न र खानेकुरालाई नडढाउन निर्देशन दिएको छ ।

बीबीसीबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment