Friday, January 27, 2017

त्रिशुलीमा ट्रक खस्यो


चितवन, १५ माघ । पृथ्वी राजमार्गको फिस्लिङ नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीतर्फ खसेको छ ।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना ५ ख ७३९४ नम्बरको खाली ट्रक सडकबाट करिब ६५ फिट तल खसेको प्रहरीले जनाएको छ ।


ट्रक त्रिशूली नदीमा भने पुगेको छैन । बिहान ३ बजेतिरको समयमा ट्रक खसेको भए पनि चालकसहित ट्रकमा रहेका तीन जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौँतर्फ दारेचोक गाविस–९ मा पर्दछ ।

यसैबीच, सडक हिलो भएपछि भरतपुर उपमहानगरपालिका–१ भतेरी जङ्गलमा आज बिहान ४ः३० बजेबाट सवारी आवागमनमा समस्या हुँदा नारायणगढ–मुग्लिन सडकखण्डमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।
प्रहरीका अनुसार निर्माणाधीन सडकमा रातो माटोका कारण सवारीसाधन चिप्लिएपछि आवतजावतमा समस्या भएको हो । फाट्टफुट्ट सवारीसाधन कटेको भए पनि दुवैतर्फ ठूलो सङ्ख्यामा सवारीको लाम लागेको छ । मालबाहक ट्रक र बस डोजरको सहायताले कटाइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment